२०८१ फाल्गुन ७ गते बुधवार

युवा सिईओ डा.नितेश कुमार कनौडिया

नेपालगन्जस्थित संजिवनी कलेज अफ मेडिकल साइसेन्स प्रालिको प्रमुख कार्यकारी अधिकृतमा डा.नितेश कुमार कनौडिया नियुक्त भएका छन् ।

नेपालगन्जका डा.कनौडिया नेपालका एकजना मेहनति युवा उद्यमी हुन्।
सन् १९९० मे २७ मा कपिलवस्तुको कृष्णनगरमा जन्मिएका डा.कनौडियाले दिल्ली पब्लिक स्कुल लखनऊबाट सन् २००७ मा कक्षा दश सम्म पढेका हुन् । दश जोड दुईको अध्ययन सन् २००९ मा डिएभि स्कुल ललितपुरबाट उतिर्ण गरे ।


सन् २०१४ मा काठमाडौं युनिभर्सिटी अन्तरगत नेपालगन्ज मेडिकल कलेजबाट एमविविएस अध्ययन सकेका डा.कनौडियाले नेपालगन्ज मेडिकल कलेजको सहायक निर्देशक भएर समेत काम गरिसकेका छन् । जहाँ करिव १४ सय स्वास्थ्यकर्मीको ब्यवस्थापन र सञ्चालनमा महत्वपुर्ण भूमिका निर्वाह गरे ।


सामान्यतया एमविविएस अध्ययन सकेपछी चिकित्सक भएर अघि बढ्दैगर्दा एम.डि. गरेर अघि बढ्ने सुरक्षित अवसर उनिसँग भएपनि डा.कनौडियाले स्वास्थ्य संस्था सञ्चालन गर्ने विषयलाई आफ्नो रोजाईमा राखे । सन् २०१७ देखि सन् २०१९सम्म अस्पताल ब्यवस्थापन जस्तो चुनौतिपुर्ण विषय रोजेर भारतको टाटा इन्सटिच्युट अफ सोसियल साईन्सबाट हेल्थ केयर एडमिनिस्ट्रेसन (एमएचए) अध्ययन गरेका युवा चिकित्सक हुन डा.कनौडिया ।

नेपालगन्जस्थित संजिवनी कलेज अफ मेडिकल साइसेन्स प्रालिको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका डा.कनौडियाको परिवार चिकित्सा पेशामा लामो समय देखि आवद्ध परिवार हो । उनका बाबु र दाजु समेत चिकित्सक हुन् ।व्यावसायीक घरानाका कनौडिया परिवार कपिलवस्तु पुर्ख्यौलि थलोबाट स्वास्थ्य क्षेत्रमा लागानि गर्दै बाँकेको नेपालगन्ज बसाइँ सरेको हो ।


त्यही कनौडिया परिवारका पछिल्लो पुस्ताका डा.नितेश आफ्नो पेसा सँगै सामाजिक क्षेत्रमा समेत सक्रिय छन् ।
डा.कनौडिया राजनीतिमा चासो राख्ने युवा पनि हुन् । उनका बाबु डा.सुरेश कुमार कनौडिया नेपालगन्ज उप महानगरपालिकामा वि.सं.२०७४ सालको स्थानीय तहको चुनावमा मेयर पदका उम्मेद्वार
थिए । उना बाबु त्यस अघि संविधान सभा सदस्यमा समानुपातिक उम्मेद्वार समेत थिए ।

साथै उनका काका वीरेन्द्र कनौडिया लुम्विनि प्रदेशमा कपिलवस्तुबाट प्रदेश सभासद भईसकेका छन् ।
एकातिर राजनीतिक पृष्ठ भूमि र अर्कातर्फ मेडिकल ब्यावसायमा लागिपरेको परिवारका मेहनति र लगनका साथ परिश्रम गर्ने युवा हुन डा.नितेश ।


युवाले देशको मूल नीति निर्माण गर्ने विषय राजनीतिमा समेत चासो राख्नुपर्छ भन्ने मान्यता राख्छन डा.कनौडिया । डा.कनौडियले बाँकेमा चुनावी रणनीतिकारका रुपमा पनि काम गरेका छन् । सुशील कोइरालाको निर्वाचन क्षेत्र बाँके क्षेत्र नं. २ मा पछिल्लो संविधान सभा चुनाव ताका एक कुशल रणनीतिकारका रुपमा आफ्नो दक्षता देखाएका थिए । डा.कनौडियाले पटक पटकको स्थानीय तह र आम निर्वाचनमा विभिन्न संस्थाहरुका प्रतिनिधि भएर निर्वाचन पर्यवेक्षकको भूमिका समेत निर्वाह गरिसकेका छन् ।


नेपाली युवा उद्यमी फोरम नेपालगन्जका संस्थापक अध्यक्ष समेत रहिसकेका डा.कनौडियाले वि.सं.२०७२ सालको भू–कम्प पछिको सहायता वितरण कार्यक्रममा समेत आफ्नो योगदान पुर्याएका थिए ।

कोभिड महामारीमा ’फिल द बकेट’ अभियान सञ्चालन गरेर नेपाल–भारत सिमामा स्वास्थ्य सेवा सञ्चालन गर्न मुख्य भूमिका निर्वाह गरेका थिए ।


नेपाल शेयर मार्केटमा बोर्ड सदस्य समेत रहेर काम गरेका डा.कनौडियाले नेपालगन्ज मेडिकल कलेजमा रहेको सामुदायीक सेवा कार्यक्रम लिएर देशका विभिन्न विकट पहाडी जिल्लाहरुमा स्वास्थ्य शिविर समेत सञ्चालन गरेको अनुभ बटुलेका छन् । नेपाल रेडक्रस,युनिसेफ,इन्सेक,लाइन्स क्लव लगाएतका विभिन्न संस्थाहरुसँगको सहकार्यमा नेपालका दुर्गम जिल्लाहरुमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।

अमेरिकन हर्ट एशोसियसनबाट लाईफ सपोर्ट तालिम लिईसकेका डा.कनौडियाले सन् २०१५ मा इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) र एशियन डिजाष्टर प्रिपिरेशन्ड सनेन्टर(एडिपीसि)बाट हस्पिटल प्रिपिरेशन्ड अफ इमर्जेन्सिको तालिम लिईसकेका छन्।
मेडिकल क्षेत्रको योजना कार्यान्वयनमा दक्ष रहेका डा.कनौडिया जन सम्पर्क स्थापीत गर्दै संस्थात नेतृत्वका लागि तयार रहने सफल युवा हुन् ।

डा.कनौडिया स्वास्थ्य क्षेत्रमा आईपर्ने संकट व्यवस्थापनका लागि कुशल मानिन्छन् । कोभिड महामारीमा डा.कनौडियाले निर्वाह गरेको भूमिका उदाहरणीय छ । सरकारी संयन्त्र,निजि क्षेत्र र संघ संस्थासँग समन्वयकारी भूमिकामा डा.कनौडिया पोख्त छन् । सूचना प्रवाहका हिसावले सञ्चार मैत्री स्वभावका डा.कनौडिया आफ्नो पुस्ता माझ सामाजिक रुपमा लोकप्रिय छन् ।


केही दिन अघि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका डा.कनौडिया भन्छन–’मानव स्वास्थ्य जस्तो संवेदनशिल विषयमा अस्पताल व्यवस्थापन चुनौतिपुर्ण विषय हो । तर मैले यो जिम्मेवारीलाई मानव सेवाका रुपमा लिएर अघि बढ्छु ।’

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *