२०८१ फाल्गुन ७ गते बुधवार

राप्ती प्रतिष्ठानमा न्युरो सर्जरी पनि सेवा सुरु


दाङ ,पुस २० । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरि सेवा सुरु हुने भएको छ ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले न्युरो सर्जरि विशेषज्ञ डा. उपमा शर्मा नियुक्त भइसकेको जानकारी दिए ।

उनले शर्मा केही दिनपछि प्रतिष्ठानमा आई सेवा सुरु गर्ने बताए ।

त्यस्तै उनले यसै आर्थिक बर्षदेखि कार्डियोलोजी सेवा सुरु हुने बताए ।

प्रतिष्ठानमा मुटु रोगको उपचारको लागि करिब १० करोडको क्याथेल्याब मेसिन टेण्डरमा गइ सकेको रजिस्ट्रार लम्सालले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ पुष २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *