२०८१ फाल्गुन ७ गते बुधवार

मोटरसाइकल दुर्घटनामा जनस्वास्थ्य निरीक्षकको मृत्यु, दुई जना घाइते

दाङ, पुस १२ । धनगढीमा मोटरसाइल दुर्घटजामा परि बाजुराका एक जना जनस्वास्थ्य निरीक्षकको मृत्यु भएको छ ।

बाजुराको बढीमालिका नगरपालिका – ७ का ३० वर्षीय धर्मराज खत्रीको बिहीबार बेलुका भएको दुर्घटनामा परि मृत्यु भएको हो । खत्री सोही वडाको चुथीस्थित स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत थिए ।

बिहीबार साँझ साढे ६ बजेतिर धनगढी उपमहानगरपालिका –३ मा अतरियाबाट धनगढी तर्फ जाँदै गरेको मोटरसाइलले पछाडि बाट ठक्कर दिदा मोटरसाइकलको पछाडि सवार खत्री गम्भीर घाइते भएका थिए ।

धनगढीमा आयोजना गरिएको तालिममा सहभागी हुन जाँदै गरेका खत्री सवार सुपप्र ०१२ प ९४१६ नम्बरको मोटरसाइकललाई सुप्रप ०१–०० प ७११ नम्बरको मोटरसाइलले पछाडिबाट ठक्कर दिएको थियो ।

खत्री सवार मोटरसाइकल धनगढी नगरपालिका – ५ का २५ वर्षीय पुरन शाहले चलाएका थिए भने त्यो मोटरसाइकलाई पछाडि बाट डोटीको शिखर नगरपालिका –११ की २५ वर्षीया शर्मिला थापाले चलाएको मोटरसाइकलले ठक्कर दिएको थियो ।

टाउकोमा चोट रहेका खत्रीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पु¥याएपनि केही बेरमै चिकित्कसले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

खत्री सवार मोटरसाइकल चालक शाहको अनुहार तथा पेटमा चोट छ भने ठक्कर दिने मोटरसाइकल चालक थापाको पनि अनुहार लगाएत शरिरका अन्य भागमा चोट पटक लागेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु दुबैको सेती प्रादेशिक अस्पतालमा उपचार जारी रहेको छ ।
घटनाबारे अनुसन्धान भइ रहेको प्र्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ पुष १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *