दाङ,मंसिर ९ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङ वाहेक दुर्गम जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले एमविविएसको पढाई सुरु गर्ने भएपछि रोल्पाको होलेरीमा सेवा विस्तार गर्न लागेको हो ।
प्रतिष्ठानले आफ्नो पहलमा होलेरी प्राथमीक स्वास्थ्य केन्द्रका लागि एमविविएस चिकित्सक नियुक्त गरेर पठाउन लागेको छ ।
एमविविएस चिकित्सकको ब्यवस्था भएमा त्यहाका जनताले २४ सैँ घण्टा स्वास्थ्य सेवा प्राप्त गर्ने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले बताए ।
एमविविएस पढाइको लागी प्रतिष्ठानले ५० सिट प्राप्त गरेपछि होलेरी प्राथमीक स्वास्थ्य केन्द्रलाई कम्युनिटि आउट रिच सेन्टरकोरुपमा रहने गरी ब्यवस्थापन गर्ने भएको हो ।
प्रतिष्ठानका रजिष्ट्रार लम्सालले होलेरीमा एमविविएस चिकित्सक राखेर सेवा प्रवाह दिन सुरु गरीने र एमविविएस चिकित्सकको अभाव हुन नदिइने पनी बताए ।
गएको असारदेखी होलेरी अस्पतालमा एमविविएस चिकित्सकको नहुँदा विरामीले सामान्य स्वास्थ्य सेवा प्राप्त गर्न घोराही आउनुपर्ने वाध्यता रहेको थियो ।
उनले निकट भविष्यमा होलेरीमा नै प्रतिष्ठानवाट पास गर्ने एमडिपिजिपि चिकीत्सक पठाएर विशेषज्ञ सेवा सुरु गर्ने आफुहरुले लक्ष्य रहेको बताए ।
हाल प्रतिष्ठानमा एमडिजिपिमा २ जना चिकित्सकले स्नाकोत्तर पढिरहेका छन् । आज प्रतिष्ठानमा एक कार्यक्रमका विच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुन्टीगढि गाँउपालिका होलेरी रोल्पाविच जनशक्ती ब्यवस्थापन वारे सम्झौता भएको छ ।
प्रतिष्ठानका रजिष्ट्रार प्रा. लम्साल र गाँउपालिका अध्यक्ष जनक पुन विच सहमति भई सम्झौता पुस १ गतेदेखी लागु हुनेछ ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थि र प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष चेतलाल खत्रिको उपस्थितीमा दुवै पक्ष विच एक आपसमा सम्झौता पत्र आदान प्रदान गरिएको थियो ।