दाङ, भदौ २८ । दाङमा पाँच महिनामा डेढ सय बढी स्क्रब टाइफसका बिरामी फेला परेका छन् ।
गत बैशाखदेखि भदौ २७ गतेसम्म एक हजार तीन सय ८४ जना विरामीहरुले आफ्नो स्वास्थ्य परीक्षण गराउँदा एक सय ५७ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
प्रतिष्ठानमा २०८० साउनदेखि २०८१ असार मसान्तसम्ममा तीन हजार नौं सय ४२ जना विरामीले परीक्षण गराएकोमा सात सय ३६ जनामा पोजेटिभ देखिएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिएका छन ।
यस्ले जिल्लामा स्क्रब टाइफसका बिरामी बढ्दै गएको देखाउँ छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीमा स्क्रब टाइफससंग मिल्दो लक्षण देखिएपछि परीक्षण गर्दा पोजेटिभ देखिने गरेको र त्यो संख्या बढ्दै गएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
स्क्रब टाइफसका बिरामीमा ज्वरो आउने, पसिना आउनेलगायतका लक्षण देखिने गर्छन । समयमै उपचार गरे यो निको हुने गर्छ । तर, उपचारमा ढिलाइ गरे ज्यानै जाने खतरा रहने चिकित्सकहरु बताउँछन् ।