बिकास डाँगी, तुलसीपुर , जेठ १६ । जेठ १३ गते बबई गाउँपालिका – ७ रावततराका ६ वर्षीय अभिषेक कुमाँइ छिमेकीको घरमा खेलिरहेको बेला सर्पले डस्यो । उनलाई सर्पले डसेपछि अभिभावक आत्तिए । तर, उनलाई अस्पताल लैजानुको साटो झारफुक गर्न दंगीशरणको बागरमा लगियो ।
बालकलाई कुन सर्पले डसेको हो ? भन्ने थाहा थिएन । अभिषेककी आमा उषा कुमाँइले सर्प थाहा नपाउँदा अस्पतालमा उपचार हुँदैन भन्ने सुनेकी थिइन ।
त्यही भएर उनले अस्पताल नलगी छोरालाई झारफुकका लागि लगेकी थिइन । तर, त्यहाँबाट तत्काल मानिसहरुले अभिषेकलाई अस्पताल पु¥याउन सल्लाह दिए । दौडाएर अस्पताल पु¥याएको हुँदा अभिषेकको ज्यान जोगियो । आमा उषा आज अरुलाई पनि झारफुकमा नलाग्न सल्लाह दिन्छिन् ।
बालक अभिषेकलाई केही ढिला ल्याएको भए, बचाउन मुस्किल पर्ने अवस्था आउन सक्ने थियो । उनलाई बिहान ७ बजेतिर सर्पले डसेको भएयता पनि परिवारले सवा नौ बजेतिर मात्रै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइ पु¥याएका थिए ।
‘ अभिषेकलाई पनि केही समय ढिला गरि मात्रै अस्पताल ल्याएको भए हामीले केही गर्न सक्ने अवस्था हुने थिएन,’ मेडिकल अफिसर डा. सन्दिप न्यौपानेले ‘ अभिषेकलाई कोब्रोले डसेको थियो ।’
बर्खाको समयमा सर्प दंशका घटनाहरू बढी हुने गर्छन । त्यस्ता बिरामीलाई झारफुक भन्दा पनि समय मै अस्पताल ल्याउनु पर्ने हुन्छ ।
चिकित्सकहरू त्यही सुझाव दिइ रहेका छन् । झारफुकमा लाग्दा धेरै मानिसहरूको अकाल मै ज्यान जाने हुँदा समय मै अस्पताल ल्याउन सकेमा बिरामी बचाउन सकिने अस्पतालका मेडिकल अफिसर डा. न्यौपानेको सुझाव छ । अस्पतालमा आउने सर्पदंशका घटनाहरू मध्य ९० प्रतिशत शुरुमा झारफुक गर्न लग्ने र अन्तिममा अस्पताल ल्याउँदा धेरैले अकालमै ज्यान गुमाउने खतरा उत्पन्न हुने उनले बताए ।
सर्पदंश भए जतिसक्यो चाँडो अस्पताल ल्याउन उनले आग्रह गर्छन । ‘करिब दुई हप्ता अगाडि तुलसीपुर १२ की एक महिलालाई सर्पले डसेको थियो । परिवारका सदस्य शुरुमा झारफुकमा लगेछन्,’ उनले भने ‘ मृत अवस्थामा मात्रै अस्पतालको इमरजेन्सीमा महिलालाई ल्याइएको थियो ।’
दाङसहित तराइका जिल्लाहरुमा बर्खा शुरु भएसँगै यतिखेर सर्पदंशका घटनाहरू बढ्दै जाने हुँदा त्यस्ता बिरामीलाई समयमै अस्पताल ल्याउन उनी आग्रह गर्छन ।
करिब दुई हप्ता अघि तुलसीपुर उपमानगरपालिका – १२ की एक महिलालाई सर्पले डस्यो । उनलाई अस्पताल लैजानुको साटो झारफुक गर्न थालियो । समयमा अस्पताल पु¥याउनुको साटो उनलाई झारफुक गर्न थालियो ।
अस्पताल समयमै नपुगाउँदा र झारफुकमा अल्झिदा ती महिलाको अकालमै मै ज्यान गयो ।