२०८१ माघ १३ गते आइतवार

प्रतिष्ठानमा ३० वेडको अत्याधुनिक सर्जरी वार्ड सञ्चालनमा


दाङ,फागुन १० । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अत्याधुनिक जनरल सर्जरी वार्ड सञ्चालनमा ल्याएको छ ।

प्रतिष्ठानले ३० वेडको सर्जरी वार्ड सञ्चालनमा ल्याएको हो । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले रिवन काटेर सर्जरी वार्डको उद्घाटन गरेका हुन ।

उनले प्रतिष्ठानको सेवा विस्तारमा दिनरात लागि परेको भन्दै नयाँ सर्जरी वार्ड सञ्चालन गर्न पाँउदा खुसि लागेको बताए ।

प्रतिष्ठानका चिकित्सक, कर्मचारी, नर्स, स्वास्थ्यकर्मिहरुको सामुहीक पहलमा प्रतिष्ठानको सेवा विस्तार भइरहेको भन्दै अस्पताल सेवालाई अझै ब्यवस्थित र सुविधा सम्पन्न बनाउने गरी विभिन्न कामहरु अघि बढाइरहेको उनले बतार ।

सर्जरी वार्ड उद्घाटन कार्यक्रममा प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलसहीत प्रतिष्ठानका चिकित्सक, कर्मचारी, नर्श, स्वास्थ्यकर्मिहरुको उपस्थिती रहेको थियो ।

प्रतिष्ठानको जनरल सर्जरी विभागमा एसोसियट प्रोफेसर डा. सुर्यमान गुरुङ, लेक्चरर डा. आनन्द न्यौपाने,लेक्चरर डा. अभिषेक पौडेल र डा. आत्मनन्द वर्माले बिरामीलाई सेवा दिइरहेका छन ।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *