२०८२ जेष्ठ ३० गते शुक्रवार

अर्घाखाँचीमा जिप दुर्घटना ४ जना गम्भीर घाइते 

दाङ, माघ २० । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । 

जिल्ला प्रहरी प्रमुख डिएसपी प्रतितसिंह राठोरले घाइते मध्य जिल्लाको भूमिकास्थान – २ मुलटंकीका देवा बेल्वासे र सन्धिखर्क –८ छापडाँहडाका डेमकला बेल्वासेको अवस्था चिन्ताजनक रहेको जानकारी दिए । त्यस्तै  पाणिनी गाउँपालिका – १ की कपिला खनाल पोख्रेल र सर्मिक पोख्रेलपनि गम्भीरु घाइते छन् । 

चालकले गाडी राकेर पसल गएको समयमा अर्घाखाँचीमा शनिबार बिहान साढे ६ बजेतिर जिप भिरबाट खसेको थियो । 

ढाकाबाङबाट सन्धिखर्क तर्फ जाँदै गरेको लु १ ज १६६९ नम्बरको जिप जिल्लाको भूमिकास्थान नगरपालिका – २ ढाँकाबाङमा चालकले रोकेर पसल गएको समयमा भिरबाट खसेको थियो । 

चालक जिल्लाको भूमिकास्थान नगरपालिका –  ८ का ३४ बर्षीय वशन्त खनाललाई प्रहरीले चियन्त्रणमा लिएको छ । 

डिएसपी सिंहका अनुसार चालक खनाल पसलमा जाँदा जिपको अगाडिको भागमा एक जना बालक बसेका थिए । ती बालकले नै जिप चलाएको हुन सक्ने प्रहरीको आशंका छ । 

दुर्घटना पछि घाइतेलाई उद्धार गरि अस्पताल लैजान थालिएको प्रहरी प्रमुख सिंहले बताए ।  चालकसहित जिपमा कुल पाँच जना सवार थिए ।

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *