देउखुरी , असोज १५ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेशमा कामगर्ने सहयोगी निकायहरूले मन्त्रालयले निर्धारण गरेको क्षेत्रमा मात्रै काम गर्न आग्रह गरेका छन् ।
प्रदेशको स्वास्थ्य अबस्था सुधारका लागि प्रदेश सरकारले तय गरेको रोड म्यापमा रहेर मन्त्रालयले भनेको क्षेत्रमा सहयोगी निकायले काम गर्नुपर्ने बताएका हुन ।
लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयका कर्मचारी बीचको छलफलमा मन्त्री खनालले सोमबार सहयोगी निकायका कार्यक्रम केही जिल्लामा मात्रै केन्द्रित रहेको भन्दै अब मन्त्रालयले भनेको क्षेत्रमा पु¥याउनु पर्ने बताए ।
मन्त्री खनालले परिणाम देखिने गरी काम गर्न स्वास्थ्य निर्देशनालयका कर्मचारीलाई निर्देशन दिए ।
सबैसँग समन्वय गर्ने प्रणाली स्थापित गरेर परिणाम देखिने गरि काम गर्न उनले बताएका थिए ।
कम गर्दा आउने समस्या समाधानका लागि आफूले नीतिगत रूपमा सहजिकरण गर्ने भन्दै स्वास्थ्य मन्त्री खनालले मन्त्रालय, निर्देशनालय, आपूर्ती ब्यबस्थापन केन्द्र लगायतका निकायका कर्मचारी बीच समन्वय हुन पर्ने जोड दिए ।
स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले मन्त्रालय अन्तर्गतका निकायहरू बीच आपसमा समन्वय हुन नसकेको देखियकाले त्यसलाई सुधार्न आबश्यक रहेमा जोड दिएका थिए ।