२०८१ बैशाख २० गते बिहिवार

४४ औं सामाजिक सेवा दिवस : तीन सय बढीको निःशुल्क आँखा जाँच


तुलसीपुर, असोज ६ । ४४ औं सामाजिक सेवा दिवसको अवसरमा यहाँ निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ को आयोजना तथा नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा सातकुलेमा भएको आँखा जाँच शिविरमा ३०१ जनाको आँखा जाँच गरिएको छ ।

आँखा जाँच गरिएका मध्य ८ जना मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने रहेका छन् । उनीहरुलाई अस्पतालमा रिफर गरिएको नेत्र सहायक रोहित कठायतले जानकारी दिए ।

त्यस्तै १ सय ६७ जानलाई नजिकको चश्मा वितरण गरिएको छ । नजिकको चश्मा लगाउनु पर्नेहरुलाई निःशुल्क चश्मा वितरण गरिएका हो ।

वडाध्यक्ष माधव वलीको अध्यक्षतमा भएको निःशुल्क आँखा जाँच शिविरमा बोल्दै वलीले सामाजिक सेवा दिवसको अवसर पारेर राप्ती आँखा अस्पतालको साझेदारीमा आँखा शिविर गरिएको भन्दै मोतियाविन्दुका विरामीलाई निःशुल्क शल्यक्रिया गरिने बताए ।

उनले सामाजिक सेवा दिवसको अवसर पारेर जनतालाई घरआगनमै सेवा दिने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताएका थिए ।

त्यस्तै उनले पछिल्लो समयमा सामाजिक सेवा गर्ने व्यक्तिहरुको कमी देखिएको भन्दै भित्रै देखि सेवा गरि गर्नुपर्ने बताए । उनले आफुहरुले पनि विभिन्न सेवाहरु गरेको बताए ।

त्यस्तै कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रमका सूचना अधिकारी बालाराम खड्काले दिगो विकास राष्ट्रिय प्रतिवद्धता लक्ष्य प्राप्तीमा संघ संस्था भन्ने मुल नाराका साथ ४४ औं सामाजिक सेवा दिवस मनाउन सुरु बताए ।

उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर÷सरकारी सामाजिक संघ–संस्थालाई समाज कल्याण परिषद्ले असोज ५ र ६ गते विभिन्न कार्यक्रमहरुको आयोजना गरि भव्य रुपमा दिवस मनाउन अनुरोध संगै संघ संस्थाहरुले विभिन्न कार्यक्रम गरि दिवस मनाउन सुरु गरेको र सोहि अन्तर्गत् नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित आँखा अस्पतालहरुले सेवा दिवसको अवसरमा विद्यालय आँखा जाँच कार्यक्रम, आधारभुक्त आँखा स्वास्थ्य शिक्षा, निःशुल्क चश्मा वितरण र विरामीहरुलाई फलफुल वितरण लगायतका कार्यक्रम आयोजना गरि दिवस मनाएको बताए ।

नेत्र सहायक शान्ता रेग्मीसहितको प्राविधिक टोलिले सेवा दिएको थियो । विरामीहरुलाई चश्मा र औषधी निःशुल्क उपलव्ध गराएको उनले जानकारी दिइन् । कार्यक्रमको सहजिकरण पत्रकार गिरीराज नेपालीले गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *