२०८१ बैशाख २२ गते शनिवार

प्रतिष्ठानमा एकै दिन ९ सय ७० बढिले सेवा लिए

घोराही, साउन २२ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट अहिलेसम्मकै उच्च सख्यामा विरामीले ओपिडि सेवा लिएका छन् ।

प्रतिष्ठानवाट ९ सय बढि विरामिले स्वास्थ्य उपचार सेवा पाएका हुन् । आइतवार मात्रै ९ सय ७० जना विरामीले सेवा लिएको प्रतिष्ठानका अस्पताल प्रशासक झङ्कार लामिछानेले जानकारी दिए ।

यो विरामीको सेवा लिने सख्या प्रतिष्ठान स्थापना भएदेखी अहिलेसम्मकै उच्च रहेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताए । भट्टराइका अनुसार अहिले भाइरल रहेको आँखा पाक्ने रोगका विरामीले सबैभन्दा बढि सेवा लिएका छन् ।

प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा.विनिता केसि नेतृत्वका चिकित्सक र स्वास्थ्यकर्मिहरुको टोलिले २ सय ५९ जनालाई आइतवार मात्रै सेवा दिएको छ ।

त्यस्तै दन्त विभागवाट १९ जनाले, छाला विभागवाट ४० जना, इमरजेन्सि सेवा ४८ जना, नाक, कान, घाटि विभागवाट ६३ जनाले, मेडिसिन विभागवाट १ सय ८९ जनाले, सर्जरी विभागवाट ६३ जनाले, प्रसुति सेवा ९३ जनाले,हाडजोर्नि विभागवाट १ सय ७ जनाले, वाल रोग विभागवाट ५८ जनाले, मनोचिकित्सा विभागवाट २६ जनाले सेवा लिएका छन् ।

प्रतिष्ठानमा विशेषज्ञ सेवा थपिदै गएपछि उपचारमा आउने विरामीको सख्या बढ्दै गएको सुचना अधिकारी भट्टराइले बताए ।

प्रकाशित मिति : २०८० साउन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *