२०८१ बैशाख २३ गते आइतवार

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आजपनि प्रर्दशन

तुलसीपुर, साउन १२ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आज पनि प्रर्दशन भइ रहेको छ ।

प्रसुती गराउँदा लापरबाही गरेको दाबी गर्दै आफन्तले प्रतिष्ठान अगाडि पर्दशन गरि रहेका छन् ।

घोराही उपमहानगरपालिका – १६ की २१ बर्षीया झरना बिकलाई सुत्केरी बेथाले च्यापेपछि बिहीबार मध्य रातिमा प्रतिष्ठानमा लगिएको थियो ।

प्रतिष्ठान प्रशासनले बच्चाको डाक्टर अस्पतालमा नरहेको भन्दै अनेत्र लैजान सल्लाह दिएको भएपनि घर परिवारका सदस्यले अन्त लैजान नमानेर प्रतिष्ठानमै प्रसुती गराउने भन्दै राखेको दाबी अस्पताल प्रशासनले गरेको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमका अनुसार बच्चालाई भ्याकुम लगाएर तानिएको थियो । बच्चा नरोए पछि बाँकेका लागि रिफर गरिएको थियो ।

बच्चालाई बाँकेस्थित नेपालगंज नरसिंह होममा पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए । जसको बिरोधमा प्रतिष्ठान अगाडि आफन्तले अस्पतालले उपचारमा लापरवाही गरेको आरोपल लगाउँदै पर्दशन गरि रहेका हुन ।

डिएसपी गौतमले सुरक्षाको लागि प्रहरी परिचालन गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *