२०८१ बैशाख २१ गते शुक्रवार

नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ३ हजार नाघ्यो

काठमाडौं, साउन ७ । नेपालमा डेंगु सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ । देशभर डेंगु बिरामीको सङ्ख्या ३ हजार भन्दा बढी रहेको ईपीडीमीयोलीजो तथा रोग नियन्त्रण महाशाखाको आँकडाले देखाएको छ ।

महाशाखाले दुई साताअघि पत्रकार सम्मेलनमार्फत ११ सय ९२ जना डेंगुको बिरामी पुष्टि भएको जनाएको थियो । तर, गएको दुई साताको अवधिमा डेंगु सङ्क्रमित बिरामीको सङ्ख्या थपिएर ३ हजार नाघेको हो ।

महाशाखाका अनुसार सबैभन्दा बढी डेंगुका बिरामी सुनसरी जिल्लामा पुष्टि भएको छ । सुनसरीमा १५ सय ७१ जना सङ्क्रमित रहेको महाशाखाको भनाइ छ ।

यस्तै, धादिङमा २५८, दार्चुलामा १८८, कास्कीमा १४९, सङ्खुवासभामा ५८, काठमाडौँमा ४६, कञ्चनपुरमा ३९ भक्तपुरमा ३५, म्याग्दीमा ३२, झापामा पनि ३२ जना डेंगुका बिरामी रहेका छन् । नेपालमा अझै सङ्क्रमित बढ्ने विज्ञहरूको भनाइ छ ।

२०७९ सालमा वैशाख महिनादेखि डेंगु रोगका बिरामीहरूको सङ्ख्यामा वृद्धि भई भदौ, असोज र कार्तिक महिनामा देशका ७७ वटै जिल्लाहरू सङ्क्रमण पुष्टि भएको थियो ।

जसमा काठमाडौँ उपत्यकासहित १० भन्दा बढी जिल्लाहरूमा डेंगु प्रकोपको रूपमा देखा परेको थियो । २०७९ साल पुस मसान्त सम्ममा ५५ हजार भन्दा धेरै मानिस सङ्क्रमित भएका थिए । यस्तै ८ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *