२०८१ बैशाख २१ गते शुक्रवार

राप्ती प्रादेशिक अस्पतालमा थप आठ वटा डायलासिस मेसिन जडान


तुलसीपुर,साउन ३ । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा थप ८ वटा डायलासिस मेसिन जडान भएको छ ।

यसअघि अस्पतालमा चार वटा मात्रै डायलासिस मेसिनबाट उपचार हुँदै आएको थियो ।

अहिले ८ वटा नयाँ मेसिन जडान भएसँगै अस्पतालमा १२ वटा मेसिनबाट सेवा दिन शुरु भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले जानकारी दिए ।

थप ८ वटा मेसिन जडानसँगै मिर्गौला पीडितलाई सहज हुने अस्पतालले जनाएको छ । यसअघि बिरामी धेरै भएकाले डायलासिस गर्न मेसिनको अभाव हुँदा बिरामीले पीडा खप्नु परेको थियो ।

राप्ति प्रादेशिक अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएका ८ वटा मेसिन बजेटको कमी तथा जनशक्तिको अभाव भएका कारण जडान हुन सकेको थिएन ।

अस्पतालका प्रमुख डा. अर्यालका अनुसार अहिले लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयले जडानका लागि आवश्यक पर्ने २५ लाख रुपैयाँ, १० जना स्टाफ नर्स र दुईजना कार्यालय सहयोगी पठाएसँगै मेसिन जडान भएको हो ।

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *