२०८१ बैशाख २१ गते शुक्रवार

बालकको मृत्यु भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफन्तकाे प्रदर्शन

सेवा ठप्प हुँदा बिरामी मर्कामा

तुलसीपुर,असार २९ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा उपचारका लागि लगिएका बालकको मृत्यु भएपछि आफन्तले गरेको आन्दोलनका कारण अस्पताल तनावग्रस्त बनेको छ ।

मृतकका आफन्तकाे धर्ना र प्रदर्शनका कारण अस्पतालकाे सेवा आज दोस्रो दिन पनि ठप्प भएको हाे । आज पनि बिहानैदेखि मृतकका आफन्तले प्रदर्शन गरिरहेका छन् ।

बिहीवार उपचारका क्रममा घोराही उपमहानगरपालिका वडा नम्बर ३ का १० वर्षीय आक्रोस नेपालीको मृत्यु भएको थियो ।

एमआरआई गर्ने क्रममा डाक्टर र स्वास्थ्यकर्मीहरुको लापरबाहीका कारण बालककाे मृत्यु भएको भन्दै पीडितका आफन्तहरु दोषीलाई कारबाहीसँगै क्षतिपूर्तिको माग गर्दै आन्दोलित भएका हुन् ।

सामान्य अवस्थाको बिरामीकाे अस्पतालको लापरबाहीका कारण मृत्यु भएको उनीहरुकाे आराेपमा छ ।

प्रतिष्ठानको गेटभित्रै काउन्टरमा पीडितहरुले धर्ना दिएपछि सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले बताए ।

मृतकका आफन्तहरुले धर्ना दिएपछि उपचारका लागि प्रतिष्ठान पुगेका बिरामीहरु समस्यामा परेका छन् ।

बालकको मृत्यु भएको विषयमा छानबिन समिति बनाउने सँगै बालककी आमालाई रोजगारी र उपचार खर्च बेहोर्न प्रतिष्ठान तयार रहे पनि पीडित पक्षको मागअनुसार रकम दिन नमान्दा सहमति हुन नसकेको बताइएकाे छ ।

तर प्रतिष्ठानले भने पीडित पक्षसँग वार्ता जारी रहे पनि कुनै समाधान हुन नसकेको जनाएकाे छ ।

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *