तुलसीपुर,असार २८ । दाङ तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्पिटल प्रा.लि.ले आफ्नै भवनबाट सेवा सुभारम्भ गर्ने भएको छ ।
१७ वर्ष देखि तुलसीपुरको ‘ग’ लाइनबाट सेवा सञ्चालन गर्दै आएको हस्पिटलले भोली (शुक्रवार) देखि तुलसीपुर–७ स्थित मोतीपुरबाट सेवा सुरु गर्दैछ ।
हस्पिटलले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरि सेवा सुभारम्भ गर्न लागेको बिहिवार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
२०६३ सालमा स्थापना गरि ०६४ सालदेखि ५५ बेडबाट सेवा सुचारु गरेको हस्पिटलले हाल २०७८ सालमा स्तरोन्नती गरि १ सय बेड सम्म पु¥याएको राप्ती लाईफ केयर हस्पिटल प्रा.लि का अध्यक्ष हरि रिजालले जानकारी दिए ।
लाईफ केयर हस्पिटलले १७ वर्ष पछि आफ्नै अत्याधुनिक सुविधा सम्पन्न भवनबाट सेवा सञ्चालन गर्न लागेको अध्यक्ष रिजालको भनाई छ ।
‘निजि क्षेत्रबाट सञ्चालित हस्पिटलबाट गर्न सक्ने हामीले जे–जति पहल कदमी उठाइरहेका छौं,स्वास्थ्य क्षेत्रका हिसावले लुम्बिनी प्रदेशमै पहिलो नभएपनि सबै कुराले ७० प्रतिशत भन्दा माथी नै छौं,’अध्यक्ष रिजालले भने,‘ अझै पनि सेवालाई थप प्रभावकारी बनाउन निरन्तर लागि रहेका छौं ।’
बातावरण,पार्किङ्,फोहोर व्यवस्थापन लगाएत हरेक हिसावले १ सय बेडको अस्पताल तुलसीपुर बजार क्षेत्रमा सम्भावना नरहेको कुरा पहिले देखि नै जानकारी भएको हुदाँ सोही अनुसार योजना बनाई कामलाई अघि बढाएको बताए ।
हस्पिटलले जनरल फिजिसियन सेवा,स्त्री रोग तथा प्रसुती विशेषज्ञ सेवा,बालरोग विशेषज्ञ सेवा,हाडजोर्नी तथा नसारोग विशेषज्ञ सेवा,जनरल सर्जन सेवा,नाक,कान,घाँटी रोग बिशेषज्ञ सेवा,मानसिक तथा नशारोग विशेषज्ञ सेवा,रेडियोलोजी सेवा, २४ सैँ घण्टा इमेरजन्सी सेवा,डपलर सहितको भिडियो एक्सरे,डिआर मेसिनबाट २४ सै घण्टा एक्सरे सेवा,पित्तथैली,पिसावथैली,एपेन्डीक्स,हाईड्रोशिल,हर्निया,पाईल्स,पाठेघर लगाएतको अप्रेशन सेवा,मुटुको इको सेवाहरु सञ्चालन गर्दै आएको थियो ।
अहिले नयाँ भवनबाट सेवा थप गरि १० बेडको आइसियु सेवा,९ बेडको एनआइसियु सेवा,मृगौलाको अप्रेसन सेवा,बि लेवलको प्रयोगशाला सेवा,इन्डोस्कपी सेवा,१ बेड डिलक्स सहित ७ बेडको क्याविन सेवा,परिवार नियोजन सम्बन्धी सेवा,युरो सर्जन,न्युरो सर्जन,वाल सर्जन सेवा लगाएतका सेवाहरु सुरु गरिने अस्पतालका सञ्चालक डोर्ण वलिले बताए ।
त्यस्तै हस्पिटलले आगामी १ वर्ष भित्रमा सिटी स्क्यान सेवा,क्डिनी डाइलाइसिस सेवा,मुटु रोग विषेशज्ञ सेवा,बर्थिङ सेन्टर सेवा,आइभिइ सेवा सुचारु गर्ने जनाएको छ ।
पत्रकार सम्मेलनको सञ्चालन राप्ती लाईफ केयर हस्पिटल प्रा.लि.का सञ्चालक जिवन भण्डारीले गरेका थिए ।