तुलसीपुर,जेठ २५ । दाङको बंगलाचुली गाउँपालिकाको हाँसीपुरमा एकै परिवारका चारसहित १२ जनामा दादुरा सङ्क्रमण देखिएको छ ।
परिवारका चार जनामध्ये एक जनालाई आँखाको समस्या र अन्यलाई पखालाको समस्या देखा परेपछि डाक्टरसहितको टोली गएर नमुना सङ्कलन गर्दा हाँसीपुरमा १२ जना दादुराका बिरामी भेटिएका स्वास्थ्य कार्यालय दाङका प्रमुख डम्बर कुँवरले बताए ।
अझै केही बिरामीको रिपोर्ट आउन बाँकी रहेकाले दादुराका बिरामीको सङ्ख्या बढ्न सक्ने उनले बताए ।
प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार