तुलसीपुर,जेठ ८ । २०७९ देखि ०८६ सम्म गुणस्तरीय आँखा स्वास्थ्य सेवामा नागरिकको समातामुलक र सर्वसुलभ पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ नेपालमा आँखा स्वास्थ्य कार्यक्रम लागु गर्ने सरकारको राष्ट्रिय रणनिति ल्याएको छ ।
आँखा स्वास्थ्य सेवालाई मुल स्वास्थ्य सेवासगं एकिकृत गर्दै सेवाको पहुँच समुदायस्तरसम्म विस्तार गर्नु,सरकारको नेतृत्वदायी भुमिका मार्फत आँखा स्वास्थ्य सेवालाई थप गुणस्तरीय र सेवामैत्री बनाउनु र जनसहभागिता मार्फत प्रर्वद्धनात्मक,प्रतिकारात्मक,पुर्नस्थापनात्कम आँखा स्वास्थ्य सेवालाई कोही पनि नछुटुन भन्ने अवधारणा अनुरुप समुदायस्तरसम्म पु¥याउनु यसका मुख्य उद्देश्यहरु हुन ।
तर नेपालमा दृष्टिविहिनताको अवस्था हेर्दा १ लाख ३० हजार व्यक्तीहरु दृष्टिविहिन छन । त्यस मध्ये ३० हजार २ सय ४० जना बच्चाहरु दृष्टिबिहिन छन भने ९० हजार बच्चाहरु न्युन दृष्टिबिहिन छन । नेपालमा ३० वर्ष भन्दा माथीका १ लाख व्यक्तीहरु जलबिन्दुको समस्याबाट पिडित छन । अझैपनि २ लाख ३० हजार न्युनदृष्टिका व्यक्तीहरु छन ।
त्यस्तै १ लाख व्यक्तीहरु मधुमेहका विरामी छन । त्यस मध्येका २० हजार व्यक्तीहरु मधुमेहका कारणबाट दृष्टिबिहिन रहेको नेपाल नेत्र ज्योती सघं,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज,राप्ती आँखा अस्पतालका प्रमुख प्रसासक शम्शेर थापाले बताए ।
सोमवार राप्ती आँखा अस्पतालले तुलसीपुरमा आयोजना गरेको हाम्रो कर्तव्य,हाम्रो जिम्मेवारी,आँखा सेवामा साझेदारी विषयक छलफल कार्यक्रममा थापाले लुम्बिनी प्रदेशमा विभिन्न कारणले १ लाख ९५ हजार १ सय २० जना बिरामी रहेको बताए । त्यस मध्ये १ लाख १२ हजार ९ सय ६४ जना मोतियाबिन्दुका कारणले अन्धोपन भएका बिरामी रहेको उनले बताए। 
थापाका अनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामध्ये रुपन्देहीमा २३ हजार ७ सय ८५ जना मोतिबिन्दुका बिरामी छन । यो सबैभन्दा धेरै संख्या हो ।
त्यस्तै कपिलबस्तुमा १४ हजार ८ सय ७१,दाङमा १४ हजार ४ सय २७,बाँकेमा १३ हजार ५ सय ४६,बर्दियामा १० हजार ६ सय ४१,नवलपरासीमा ८ हजार ३ सय २२,गुल्मीमा ५ हजार ५ सय ९१,पाल्पामा ५ हजा ४ सय ३५,प्युठानमा ५ हजार ३ सय ५०,रोल्पामा ५ हजार २ सय ४८,अर्घाखाँचीमा ४ हजार ४ सय ५८ र रुकुममा १ हजार २ सय ९१ जना मोतिबिन्दुका बिरामी रहेको प्रमुख प्रसासक थापाले बताए ।
नेपाल नेत्र ज्योती सघं दाङका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले अन्धोपन न्यूनीकरणका लागि उज्यालो अभियानमा साझेदारी कार्यक्रमलाई निरन्तरता दिने एक्यवद्धता जनाएका छन ।
उनीहरुले आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धिगरि अन्धोपन न्यूनिकरणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।
आँखा जस्तो संवेदनसिल क्षेत्रको उपचारका लागि स्थाानीय सरकारको निरन्तर सहकार्य हुने उनीहरुको भनाई थियो ।
त्यस कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले अन्धोपन न्यूनीकरणमा नेपाल नेत्रज्योति संघको भूमिका महत्वपूर्ण रहेको भन्दै चर्चा गरे ।
उनले राप्ती आँखा अस्पतालले दाङ सहित लुम्बिनी प्रदेशवासीकोे मन जितेर अन्य प्रदेशका बासिहरुले सिको गर्ने गरि आँखा उपचार सेवालाइ विषेशज्ञ र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
साथै उनले आँखाको उपचार सेवाबाट बञ्चित भएका व्यक्तीहरुलाई मुख्य प्राथमिकतामा राखेर स्थानीय पालिकाले विषेश बजेट बिनियोजन गर्नुपर्ने र अन्धोपन न्युनीकरण अभियानमा हातेमालो गर्नुपर्ने बताए ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले स्वास्थ्य बिना कुनै पनि बिकास सम्भब नरहेको बताए ।
उनले ग्रामिण क्षेत्रका भन्दा शहरी क्षेत्रका नागरिकहरु सबै भन्दा बढी समस्यामा रहेको भन्दै अब आँखामा आइरहेको समस्यालाई परिक्षण गरि स्थानीय पालिकाले विषेश अभियान चलाउनुपर्ने बताए ।
‘पछिल्लो तथ्याङ्क हेर्दा शहर–बजारमा बस्ने नागरिकहरुमा आँखाको समस्या धेरै देखिएको छ,उनले भने,‘के–कति कारणले उनीहरुमा यस्तो समस्या देखिएको हो भनी परिक्षण गरि प्रदुषण कम गर्ने अभियानमा जुट्ने छौं ।’
उनले राप्ती आँखा अस्पतालसगं गरिएको उज्याले अभियान साझेदारी कार्यक्रम अन्तरर्गत यस आर्थिक वर्षमा घोराहीका १ सय ६३ जनाले निशुल्क आँखाको सेवा लिएको बताए ।
उनले कमजोर र गरिब बर्गका ब्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर सेवा आगामी वर्षमा पनि आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खडकाले साझेदारी कार्यक्रम अन्तरर्गत यस आर्थिक वर्षमा तुलसीपुरका २ सय ५ जना लक्षित समुदायका ब्यक्तीलाई सेवा दिएको बताए ।
पालिकामा अधिकांश सम्पन्न र सरकारी सेवामा लागेका व्यक्तीहरु निशुल्क आँखा उपचारका लागि सिफारिस लिन आउने गरेको भन्दै गुनासो गरे ।
उनले बिपन्न परिवारका ब्यक्तीहरु अझैपनि आँखा उपचारको पहुँचमा आउन नसकेको भन्दै उनीहरुलाई उपचारको पहुँचमा ल्याउन आँखा स्वास्थ्य कार्यक्रमलाई गाँउगाँउसम्म पु¥याउनुपर्ने बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरी,घोराही उपमहानगरपालिकाका उपमेयर हुमा डिसि, बबई गाउपालिका अध्यक्ष कुलबहादुर खत्री, शान्तिनगर गाउपालिका उपाध्यक्ष प्रेमा बुढाथोकी, घोराही उपमहानगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत भोजराज घिमिरे, तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य सह-सयोजक बिमल केसी लगाएतले आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धिगरि अन्धोपन न्यूनिकरणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण राप्ती आँखा अस्पतालका सुचना अधिकारी बालाराम खड्काले गरेका थिए ।
त्यस कार्यक्रममा स्थानीय तहका पालिका प्रमुख,उपप्रमुख,प्रमुख प्रसासकीय अधिकृत,लेखा अधिकृत,स्वास्थ्य संयोजक,योजना प्रमुखहरु,पत्रकार लगाएतको सहभागिता थियो ।