२०८१ बैशाख २३ गते आइतवार

दंगीशरणका सातवटै स्वास्थ्य संस्थाबाट गर्भवती महिलालाई निशुल्क अल्ट्रासाउन्ड सेवा सुरु

प्रमोद आचार्य ,दंगीशरण बैशाख २७ । दंगीशरण गाउँपालिकाले आफनो पालिकाका सात वटै स्वास्थ्य सस्थाहरुमा बुधवार देखी ग्रामिण अल्ट्रासाउन्ड भिडियो एक्सरे सेवाको सुभारम्भ गरेको छ । श्रीगाउँ स्वास्थ्य चौकी बागरमा आज एक कार्यक्रमका बिच भिडियो एकसरे सेवाको उद्घाटन गरिएको हो ।

ग्रामीण क्षेत्रका गर्भवती महिला जस्ले आफ्नो र बच्चाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र बच्चा र आमाको स्वास्थ्य अवस्था सुरक्षित राख्न भिडियो एक्सरे सेवाको सुरुवात गरिएको गाउँपालिका अध्यक्ष सम्भु गिरीले बताए ।

अल्ट्रासाउन्ड मेसीन उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर रहेका गर्भवती महिलाहरूको गर्भ जाच ,शिशु र आमाको स्वास्थ्य अवस्था जाच्न घर–घरमा पुगी सेवा प्रदान गर्न नर्सहरुलाइ निर्देशन दिए ।

आफ्नो चुनावी प्रतिबद्धता अनुरुप महिला र गर्भवती महिलाको सवालमा महत्त्वपूर्ण निर्णय गरेकाले पनि स्वास्थ्यको क्षेत्रमा सधै गम्भीर रहेर अघि बढ्ने बताए ।

कार्यक्रममा बोल्दै गाँउपालिका उपाध्यक्ष पिमा वलि खड्काले दंगीशरणका दुर्गम भेग र भौगोलिक विकट ठाउँमा पनि अल्ट्रासाउन्ड सेवा पुग्ने भएपछि आफु धेरै खुसी भएको बताइन ।

त्यस्तै वडा नं.६ का वडा अध्यक्ष रोशनजंग शाहले प्राथमिक स्वास्थ्य केन्द्र बागरबाट स्तरीय स्वास्थ्य सेवाका लागी आफु लागी परेको बताए ।

बुधवार देखि दंगीशरण गाँउपालिका भित्रका स्वास्थ्य संस्थाहरुमा गर्भवती महिलाहरुले आफ्नो बच्चाको अवस्था र आमाको अवस्थाबारे जानकारी लिन पाउने भएपछी स्वास्थ्यमा ठुलो सहयोग मिल्ने गाउँपालिकाले अपेक्षा लिएको छ ।

ग्रामिण भिडियो एक्सरे मेसीनको प्रयोगले आमा र बच्चाको खतराको अवस्थालाइ जानकारी दिने र ग्रामीण भेगका गर्भवती महिलाहरुले निशुल्क सेवा पाउने भएका हुन ।

स्वास्थ्य संस्थाको पहुँचदेखी टाढा रहेका गर्भवती महिलाहरूको लागी घरमै पुगी निशुल्क सेवा प्रदान गरिने स्वास्थ्य केन्द्र बागरका डाक्टर सुगत अधिकारीले बताए ।

गर्भवती भिडियो एक्सरे सेवाको मुख्य उद्देश्य शिशु मृत्यु दर र मातृ मृत्युदर घटाइ दिगो विकाश लक्ष्यमा सहयोग पुर्याउने रहेको अस्पताल स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *