नेपालगञ्ज ,बैशाख १६ । बाँकेका दुईसहित ६ जनालाई कोरोना देखिएको छ।
भारतका विभिन्न शहरबाट घर फर्किएका चार पुरुष र दुई महिलालाई कोरोना देखिएको हो । उनीहरुको नेपालगञ्ज नाकामा कोरोना जाँच भएको थियो।
नेपालगञ्ज नाकामा रहेको जमुनाहा हेल्थडेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, बाँकेको बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका एकरएक जनामा कोरोना देखिएको छ।
शनिबार कोरोना देखिनेमा दाङ, सुर्खेत, कालिकोट र सल्यानका पनि एकरएक जना छन् ।
नेपालगञ्ज नाकामा दैनिक आधा दर्जन व्यक्तिलाई कोरोना देखिरहेको छ। भारतको विभिन्न ठाउँमा मौसमी काम गर्न गएका नेपालीमा घर फर्किंदा कोरोना देखिएको छ।
कोरोना संक्रमित बढिरहे पनि अहिलेसम्म कुनै सावधानी अपनाइएको छैन।
प्रकाशित मिति : २०८० बैशाख १६ गते शनिवार