२०८३ बैशाख ४ गते शुक्रवार

नेपालमा थप ९९ जनामा कोरोना संक्रमण

काठमाडौं, वैशाख ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २२ पुगेको छ।

आइतबार ५० जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३७७ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर ३६४ पीसीआर तथा १२४० एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित मिति : २०८० बैशाख ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *