तुलसीपुर, चैत ३ । तुलसीपुरका होटल व्यवसायीहरुलाई स्वास्थ्य उपचार सहुलियतको व्यवस्था गरिएको छ ।
तुलसीपुर होटल व्यवसायी समिति र नागरिक केयर हस्पिटल प्रा.लि तुलसीपुर विच स्वास्थ्य उपचारका लागि सम्झौता भएसंगै अव स्वास्थ्य सहुलियत पाउने भएका हुन् । होटल व्यवसायी समिति र नागरिक केयर हस्पिटल प्रा.लि विच स्वास्थ्य सेवा सहुलियतका लागि विभिन्न विषयमा सम्झौता गरिएको होटल व्यवसायी समितिले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत र नागरिक केयर हस्पिटलका सञ्चालक सुरज ज्ञवाली विच भएको सम्झौतामा होटलमा काम गर्ने सम्पूर्ण कर्मचारीहरु, होटल सञ्चालक र उनीहरुका परिवारहरु उपचारका लागि परिचय पत्रका आधारमा छुट दिने उल्लेख गरिएको छ ।
नागरिक केयर हस्पिटलमा सेवा लिन जाने होटल व्यवसायी तथा कर्मचारीहरुलाई विभिन्न विशेषज्ञ देखि अन्य सेवामा ५ देखि २० प्रतिशतसम्म छुट दिईने सम्झौतामा उल्लेख भएको होटल व्यवसायी समितिका सचिव तुफान केसीले जानकारी दिए ।
पत्रकार समेलनमा बोल्दै नागरिक केयर हस्पिटलका सञ्चालक सुरज ज्ञावलीले अस्पतालले प्रदान गर्दै आएका विषेशज्ञ सेवाहरुलाई जनमानसमा पु¥याउनका लागि पनि सम्झौताले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
त्यस्तै होटल व्यवसायीहरुले पनि आफ्ना सदस्य तथा कर्मचारीहरुका लागि विभिन्न विशेषज्ञ सेवामा छुट दिने गरि सम्झौता गरिएको भन्दै थोरै भएपनि राहत मिल्ने बताएका थिए ।
‘व्यवसायीक स्वास्थ्य सेवाका लािग स्वास्थ्य सेवामा सहुलियतका लागि हामीहरुले पहिलो पटक यो सम्झौतमा गरेका छौं,यसले सवै होटल व्यवसायी र कर्मचारीलाई सहज हुने छ,समितिका अध्यक्ष बस्नेतले भने ।’