सिमकोट,फागुन ३० । दुई दिनदेखि सुत्केरी बेथा लागेकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
चङ्खेली गाउँपालिका–२ की जुनकला कामीको हेलिकोप्टरबाट उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए।
बेथा लागेलगत्तै उनलाई पिप्लाङ स्वास्थ्य चौकीमा ल्याइएको थियो। उनको स्वास्थ्य अवस्था जटिल देखिएपछि उद्धार गरेर सुर्खेत पठाइएको हो।
जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बच्चा उल्टो अवस्थामा रहेको र सालनाल अगाडि निस्किएर स्वास्थ्य अवस्था जटिल बनेपछि उनको उद्धार गरिएको बताइन्।
प्रकाशित मिति : २०७९ फाल्गुन ३० गते मङ्गलवार