२०८० असोज १५ गते सोमवार

निःशुल्क आँखा शिविर

तुलसीपुर, फागुन २४ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको आयोजना तथा एनएवीपी आइकेयर नर्वेको आर्थिक सहयोगमा निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु भएको छ ।

सल्यानको कालिमाटीमा सुरु भएको शिविरमा २९१ जनाको आँखा चेक तथा ५१ जनाको मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गरिएको दृष्टि विशेषज्ञ ओमप्रकास यादवले जानकारी दिएका छन् ।

नेत्रविशेषज्ञ डाक्टर शुरेस रसाइली सहितको स्वाथ्यकर्मीले सेवा दिई रहेका छन् । साथै शिविरमा १३७ जानलाई नजिको चश्मा वितरण गरिएको यादवले जानकारी दिए ।

शिविरमा एनएबीपी नर्वेका अन्तर्राष्ट्रिय डाईरेक्टर टार्जे बि ईभर्सन,कार्यक्रम डाईरेक्टर मिस लिक्कि तथा मिस इदा, मिस क्रिन्टीन,एनएवीपी नेपालका प्रोजेक्ट म्यानेज शुरेखा गुरूङ, नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्ण्कुमार गिरी, सचिव सुरेन्द्रबहादुर खड्का, सहसचिव चिञ्जीवि रिजाल, प्रमुख प्रशासक सम्शेर थापा, राप्ती आँखा अस्पतालका प्रशासक किरण पौडेल, छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रशासकिय अधिकृत जसराज विश्वकर्मालगायतको सहभागीता रहेको थियो ।

सो अवसरमा दातृनिकायका,संघका पदाधिकारी सहित गाउँ घरमै आफुहरुले विशेषज्ञ डाक्टरबाट निःशुल्क शल्यक्रिया शिविरका साथै आँखा चेकजाँच गराउन पाएकोमा सेवाग्राहीहरुले खुसी व्यक्तगरेका थिए ।

दातृनिकायका प्रतिनिधि सहितको टोलिलाई स्वागत समेत गरेका थिए । उनीहरुले यस्तै सहयोग आफुलाई आवश्यक भएको बताएका थिए ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *