२०८० चैत्र १६ गते शुक्रवार

आज देखि घर–घरमा पुगेर हात्तिपाइले रोग विरुद्वको औषधी खुवाइदैं

तुलसीपुर,फागुन १२ । हिजो बिहिवार दाङ सहित देशभरका १५ जिल्लामा हात्तिपाइले रोग विरुद्वको औषधी खुवाउने अभियान सुरु भएको छ । सोहि अनुरुप दाङका १० वटै पालिकामा औषधी खुवाउन सुरु गरिएको छ ।

जिल्लाको तुलसीपुरमा पनि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गरेर अभियानको उद्घाटन गरेका छन । अभियानको उद्घाटन गर्दै मन्त्री पन्थीले लुम्बिनी प्रदेशलाई हात्तिपाइले रोगबाट मुक्त बनाउनका लागि आम नागरिकहरुले हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्नुपर्ने बताए ।

‘लुम्बिनी प्रदेशका तिन जिल्लाहरुःदाङ,बाँके र कपिलबस्तुमा आजदेखी हात्तिपाइले बिरुद्धको औषधी खुवाउने कार्यक्रम सुरु भएको छ,मन्त्री पन्थीले भने,‘ मैले पनि यो अभियानलाई सफल पार्न तुलसीपुरमा आएर औषधी सेवन गरे,तपाईहरु पनि औषधी सेवन गरि जिल्लालाई हात्तीपाइले रोग मुक्त बनाउनु तर्फ लाग्नुस ।’

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले यो अभियान अन्तिम पटक भएकोले यसैवर्ष भित्रमा जिल्लालाई हात्ति पाइले रोगबाट मुक्त गराउन सबैलाई औषधी सेवन गर्न आग्रह गरे ।

‘गत वर्ष नै हात्तिपाइले रोग मुक्त जिल्ला घोषणा गर्ने तयारी थियो,समय पुगेन,केही छुटेको अनुभुति भयो, ‘मेयर खड्काले भने,तर यस पटक प्रत्येक घर–घरमा पुगेर स्वास्थ्यकर्मी र महिला स्वयसेविकाहरुले अनिवार्य रुपमा सबैलाई औषधी खुवाउने कार्यक्रम छ ।’

तुलसीपुरमा यसवर्ष १ लाख ६० हजार नागरिकहरुलाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य रहेको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य प्रर्वद्धन शाखाका प्रमुख ओमपी न्यौपानेले बताए ।

हात्तीपाइले रोग निवारणका लागि आज देखि घर–घरमा पुगेर औषधी खुवाउने कार्यक्रम तय गरिएको जनस्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *