२०८० चैत्र १६ गते शुक्रवार

हात्तीपाइले रोग बिरुद्धको औषधि खुवाउने अभियानको प्रचार–प्रसारमा दंगीशरण

दंगीशरण फागुन १० । हात्तीपाइले रोग बिरुद्धको आम औषधि सेवनको राष्ट्रिय अभियान अन्तर्गत दंगीशरण गाउँपालिकाले आम औषधि खुवाउने अभियानको ब्यापक प्रचार–प्रसारमा जुटेको छ ।

यहि फागुन ११ गते देखी सुरु हुन लागेको हात्तीपाइले रोग बिरुद्धको आम औषधि सेवनको राष्ट्रिय अभियान अन्तर्गत पालिकाले माघ २६ गते पालिका स्तरीय अभिमुखिकरण , माघ २९ र फाल्गुण २ गते स्वास्थ्यकर्मिहरुलाइ अभिमुखिकरण ,वडा स्तरीय महिला स्वयंसेवीकाहरुलाइ समेत अभिमुखिकरण सम्पन्न गरेको र भोलि देखी हात्तीपाइले बिरुद्धको आम औषधि सेवन अभियानलाइ अगाडी सारीने स्वास्थ्य शाखा प्रमुख राजेन्द्र हमालले बताए ।

टोल टोलमा माइकिङ,ब्यानर पम्प्लेट टास्दै, रेडियो पत्रपत्रिका र सामाजिक संजालको उपयोग गरी अभियानको प्रचार प्रसारमा ब्यापक रुपमा जुटेको हमालले बताए ।

१२ औं पटक सम्म पनी दाङ जिल्ला हात्तीपाइले रोग उन्मुलन जिल्लाको रुपमा घोषणा हुन नसकेपछि अहिले १३ औ पटक अभियानलाइ कडाइका साथ लग्न थालिएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए ।

यस पटकको अभियानमा बिधालय,जनप्रतिनिधि,शिक्षक,स्वास्थ्यकर्मि लगाएतलाइ फ्रन्टलाइनमा राखेर अभियानलाइ सार्थक र प्रभाबकारी बनाउन पालिका अध्यक्ष गिरीले आग्रह गरे ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *