२०८२ असार १ गते सोमवार

राप्ती प्रतिष्ठानमा जेष्ठ नागरिक वार्ड सञ्चालनमा

दाङ,फागुन ५ । दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ज्येष्ठ नागरिकमा एकसाथ हुने बहुरुग्णता रोगको विशेष उपचार सेवा प्रभावकारी हुँदै गएको छ ।

मेडिसिन विभागमा प्रतिष्ठानले वेड नै छुट्याएर जेष्ठ नागरीक वार्ड सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानका मेडिकल डाइरेक्टर, फीजिसियन तथा जेष्ठ नागरीक रोग विशेषज्ञ डा. रमेश कडेलले वृद्धवद्धालाई सहज उपचार उपलव्ध गराउन यसका लागि जेष्ठ नागरीक वार्ड नामले छुट्टै वार्ड स्थापना गरेर सेवा सुरु भइरहेको जानकारी दिए ।

प्रतिष्ठानले यसका लागि विगत केही महीनादेखी तयारी गरेर नै सो सेवा सञ्चालनमा ल्याएको र यो सेवा अत्यन्तै प्रभावकारी भएको कार्यालयका सुचना अधिकारी निशानदाजु भट्टराईले बताए ।

प्रतिष्ठानमा सुरु भएको थप विषेशज्ञ सेवा हो । विशेषज्ञ डा. कडेलका अनुसार ज्येष्ठ नागरिकलाई उमेरका कारणले हुने आन्तरिक कमजोरीका साथै शारीरिक तथा मानसिक समस्या जस्तै– निद्रा नलाग्ने, निराश हुने, कम सुन्ने, कम देख्ने, खाना नरुच्ने, थकान महसुस हुने आदि तथा बढी रोगहरू भएकाको उपचार गर्ने उद्देश्यले जेष्ठ नागरीक वर्डा सञ्चालनमा ल्याइएको बताइएको छ ।

यिनै दीर्घ रोगका कारणले उनीहरूको समग्र क्षमतामा असर पर्ने गरेकोले आवश्यताअनुसार औषधि, पोषण, मानसिक स्वास्थ्य, उमेर सुहाउँदो स्वास्थ्य सेवा दिनु जरुरी भएको उनले बताए ।

उनले भने ‘एउटैलाई मुटु, मिर्गौला, मधुमेह, दम रोगले गाँजेको हुन सक्छ, ती रोगहरूको उपचार सम्बद्ध विशेषज्ञले गर्नुपर्ने हुन्छ, त्यसैले हामिले यो सेवा सुरु गरेका हौं ।’ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *