२०८१ बैशाख १३ गते बिहिवार

आँखा अस्पतालमा ‘मल्टीफोकल लेन्स’ राख्ने सेवा सुरु

तुलसीपुर,फागुन ४ । राप्ती आँखा अस्पतालले मोतियाविन्दुको शल्यक्रिया पछि नजिक चश्मा आवश्यक पर्नेहरूका लागि ‘मल्टीफोकल लेन्स’ राख्न सकिने सेवा सुरु गरेको छ ।

नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालले मोतियाविन्दुको शल्यक्रिया पछि ‘मल्टीफोकल लेन्स’ प्रयोग गर्न चाहनेहरुका लागि पनि सोहि अनुरुप सेवा दिन सुरु गरेको अस्पतालका मेसु रेटिना रोग विशेषज्ञ डा. सन्तोष सुवेदीले जानकारी दिएका छन् ।

उनका अनुसार जो विरामी मोतियाविन्दुको शल्यक्रिया पछि नजिकको लागि चश्माको आवश्यक पर्ने हुन्छ, उहाँहरुले (फेको) कम्प्युटर प्रविधिबाट शल्यक्रिया गरि ‘मल्टीफोकल लेन्स’ प्रयोग गरेपछि नजिक टाढाको सहजै चश्मा नलगायर पनि देख्न सकिने हुन्छ ।

राप्ती आँखा अस्पतालमा पनि धेरैले अब यो सेवा रोजेको डा. सुवेदीको भनाई छ । ‘जो युवा अर्थात सानै उमेरमा मोतिविन्दुको शल्यक्रियापछि नजिकको लागि चश्मा लगाउनु पर्ने हुन्छ, उहाँहरुका लागि यो मल्टीफोकल लेन्स प्रभावकारी छ, अन्य व्यक्ति र उमेर समुहकाले पनि राख्न सक्नु हुन्छ -डा. सुवदीले भने ।’

त्यस्तै नेपालगञ्जबाट राप्ती आँखा अस्पतालमा आएका एक सेवा ग्राही युवाको दुवै आँखामा मोतियाविन्दु देखिएको र उनलाई (फेको) कम्प्युटर विधिबाट शल्यक्रिया गरि ‘मल्टीफोकल लेन्स’ प्रयोग गरेपछि ति युवाले नजिकको चश्मा लगाउन नपरेको र आफुलाई ‘मल्टीफोकल लेन्स’ आँखामा लगाएपछि सहज भएको सेवा ग्राहीको भनाई छ ।

त्यस्तै संघद्धारा सञ्चालित लमही आँखा अस्पताल, छन्द कालेबाबु नारायणी आँखा अस्पतालमा पनि यो सेवा केहि समय भित्रनै दिने तयारी भएको बताएको छ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *