२०८२ माघ २६ गते सोमवार

नेविसंघद्वारा सामुदायिक स्वास्थ्य सर्वेक्षण

दाङ,माघ २२। नेपाल विद्यार्थी संघ केन्द्रीय आयुर्वेद विद्यापीठ ईकाई समितिले सामुदायिक स्वास्थ्य सर्वेक्षण गरेको छ ।

नेपाल विद्यार्थी संघका ईकाई अध्यक्ष बसन्त अधिकारीको नेतृत्वमा रहेको नेविसंघ ईकाईको टोलीले घरघरमै पुगेर नागरिकको स्वास्थ्य समस्या रहे नरहेको सर्वेक्षण गरेको थियो ।

तुलसीपुर उपमहानगर पालिका वडा नम्बर १७ मानपुर क्षेत्रका नागरिकहरुको स्वास्थ्य अवस्था बुझ्न पुगेको टोलीले बिरामीहरुलाई आवश्यक स्वास्थ्य परामर्श समेत दिईएको ईकाई अध्यक्ष अधिकारीले जानकारी दिए ।

त्यस अवसरमा विद्यार्थीहरुले नागरिकको सामान्य स्वास्थ्य परिक्षण समेत गरेका थिए ।

बिरामी भएकाहरुलाई आवश्यक परामर्श दिएर सचेत बन्न सुझाव दिईएको थियो ।

प्रकाशित मिति : २०७९ माघ २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *