२०८१ बैशाख १२ गते बुधवार

शान्तिनगरमा बृह्त निशुल्क स्वास्थ्य शिबिर

‘घर–आँगनमा निशुल्क स्वास्थ्य उपचार पाएपछि नागरिक खुसी’

तुलसीपुर,माघ १४ । शान्तीनगर गाँउपालिका वडा नं.२ सिमसुन्दरपुर निवासी विरबहादुर वलि घर नजिकै निशुल्क स्वास्थ्य शिविर हुने थाहा पाएपछि सकि–नसकी उपचार हुने ठाँउमा पुगे ।

धेरै समय पहिलेदेखि एउटा आँखा नदेख्ने वलि अर्को आँखा पनि गुमाउछु की भन्ने डरले शिविरमा पुगेको बताउँछन । पैसाको अभावमा उपचार गर्न जान नसकेका वली घर आँगनमा स्वास्थ्य उपचार सगै डाक्टरको सल्लाह सुझाव पाएपछि खुसी छन ।

सोही ठाउँ निवासी जंगबहादुर विष्टको पनि शरीर झमझमाउने,शरीर पोल्ने, बाउँडिने, कम्मर दुख्ने समस्या छ । यही समस्याको समाधान घर–दैलोमा पाएको हुनाले शिविरमा उपचार गर्न आएको बताउछन ।

ठुलो अस्पताल जान नस्कने,आर्थिक अवस्था कमजोर,घरमा हेरचाह गर्ने व्यक्तिको कमीको कारणले धेरै वर्षदेखि रोग पालेर वस्नु परेको पिडा उनमा छ ।

वलि र विष्ट मात्र होइन । घर आँगनमा स्वास्थ्य उपचार सेवा पाउँदा शान्तीनगर गाँउपालिका वडा नं २ का स्थानीयवासिन्दाहरु हर्षित छन ।

‘स्वस्थ जीवन हाम्रो अभियान’भन्ने मुल नाराका साथ शनिबार रोटरी क्लब अफ तुलसीपुर सिटि,रोट्र¥याक क्लब अफ तुलसीपुर,आर.सि.सी भिलेज काशिपुरको आयोजना तथा तुलसीपुर सिटि हस्पिटल प्रा.ली,चिनारी हस्पिटल प्रा.ली र बिआर डेन्टल हस्पिटल तुलसीपुरको प्राबिधिक सहयोगमा शान्तिनगर २ सिमसुन्दरपुरमा एक दिने बृह्त निशुल्क स्वास्थ्य शिबिर भएको छ ।

स्वास्थ्यको पहुँच नपुगेका बिपन्न बर्गका ब्यक्तीहरुलाई निशुल्क स्वास्थ्य उपचार सेवा दिने र स्वास्थ्यप्रती चिन्तित हुनु पर्छ भन्ने जनचेतना जगाउने मुख्य उद्देश्यले निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको क्लबले जनाएको छ ।

रोटरी क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष यज्ञबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा न २ का अध्यक्ष सुनिल वलिले सिमान्तकृत,पिछडिएका र लक्षितवर्गले शिविरबाट बढी लाभ लिएको बताए ।

आर्थिक रूपमा कमजोर अवस्था भएका नागरिकहरुको लागि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर क्लवले पुुण्यको काम गरेको भन्दै धन्यावाद पनि दिए ।

कार्यक्रममा रोटरी क्लव अफ तुलसीपुरका पुर्ब अध्यक्ष अनुपकुमार श्रेष्ठ,पुर्ब अध्यक्ष बिमल रिजालले नागरिकको स्वास्थ्यप्रति संवेदनशिल रहि स्वास्थ्य शिविरको आयोजना गरिएको बताए ।

त्यस्तै क्लवका पुर्ब अध्यक्ष तुफान श्रेष्ठ र आर सिसि भिलेज काशिपुरका अध्यक्ष फत्तेबहादुर खडकाले स्वार्थ भन्दा माथी उठेर सामाजिक सेवा गर्नुपर्ने बताए ।

उक्त कार्यक्रमका सयोजक एवंम क्लबका पुर्ब अध्यक्ष बिजयी केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्लबका सह–सचिब दिपेश भण्डारीले गरेका थिए ।

शिविरमा विशेष गरी नसा च्यापीएको , घुँडा खिएको,कम्मर दुख्ने,गाठागुठी दुख्ने, दिशापिसाबको समस्या, पत्थरी जस्ता समस्या भएका करिब ५ सय बिरामीहरुहरुले निशुल्क स्वास्थ्य चेकजाँच गराई औषधी लिएको कन्सल्टेन्ट सर्जन डा. रवि आचार्यले बताए ।

उक्त शिविरमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. हेमराज शर्मा,जनरल फिजीसियन डा. फरान खान,दाँत रोग विशेषज्ञ डा.भुवनेश्वर भुषाल, डा. निभा हमाल, डा. हेमन्त खड्का नेतृत्वको टोलीले विरामीहरुको स्वास्थ्य चेकजाँच गरेका थिए ।

रोटरी विशेष गरी सामाजिक कार्य गर्ने संस्था भएकोले क्लवले विगत देखि नै स्वास्थ्य,शिक्षा,खानेपानी लगाएतको क्षेत्रमा काम गर्दै आएको छ ।

त्यस अवसरमा शारीरिक रुपमा अपांग रहेका गोपाल विष्टलाई ह्वीलचियर सहयोग समेत गरिएको हो ।

प्रकाशित मिति : २०७९ माघ १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *