२०८१ बैशाख १२ गते बुधवार

कोहलपुरमा पनि दादुराविरुद्धको खोप अभियान

नेपालगञ्ज ,माघ ११ । बाँकेको कोहलपुरमा पनि आजदेखि दादुराविरुद्धको खोप लगाउन शुरु गरिएको छ।

स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार, कोहलपुर नगरपालिकाका चार वटा वडाका ६ वटा खोप केन्द्रबाट खोप लगाउन शुरु गरिएको छ।

कोहलपुरमा पहिलो दिन २, ११, १३ र १४ नम्बर वडामा खोप अभियान सञ्चालन गरिएको छ । कोहलपुर नगरपालिकामा १५ वटा वडा छन्। कोहलपुरका चार वटा वडामा ६ जना संक्रमित फेला परेका छन्।

जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, डुडुवा र नरैनापुर गाउँपालिकामा खोप अभियान सञ्चालनमा गरिएको छ ।

यी सबै पालिकामा करिव तीन सय जना संक्रमित फेला परेको सम्बद्धको भनाइ छ।

 

प्रकाशित मिति : २०७९ माघ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *