२०८१ बैशाख १२ गते बुधवार

प्रतिष्ठानमा अबदेखि आइशियूमै मृगौलाको डाइलासिस सेवा

घोराही, पुस १४ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अबदेखि आइशियू तथा भेन्टिलेटरमा उपचारारत बिरामीको किड्निमा समस्या आए आइशियू कक्ष भित्रै डाइलासिस सेवा प्रदान गरिने भएको छ ।

उपचारको क्रममा बिरामीको मृगौलामा समस्या आए मेडिसिन र एनेस्थेसियोलोजिष्टको समन्वयमा डाइलाशिस सेवा प्रदान गर्ने ब्यबस्था गरिएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. रमेश कडेलले जानकारी दिए ।

कडेलले यस्तो सेवा पश्चिमयता पहिलो भएको दाबीपनि गरे । यसअघि आइशियूमा उपचारारत बिरामीलाई मृगौलाको डाइलाशिस गराउन अस्पतालको तल्लो तलामा ल्याउनु पर्ने बाध्यता रहेको थियो ।

प्रतिष्ठानका आइशियु इन्चार्ज एनेस्थेसियोलोजिष्ट डा. राजन शाक्यले अब त्यो बाध्यताको अन्त्य भएको बताए ।

प्रकाशित मिति : २०७९ पुष १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *