२०८१ जेष्ठ १६ गते बुधवार

‘जनप्रतिनिधिलाई आँखा स्वास्थ्य शिक्षा’

लुम्बिनी प्रदेशमा १ लाख ९५ हजार बढी आँखाका बिरामी

तुलसीपुर,पुस १३ ।  हरेक ५ सेकेन्डमा एक जना ब्यक्ती दृष्टिबिहिन हुने गर्छ भने हरेक एक मिनेटमा एक जना बालक दृष्टिबिहिन हुने गरेको एक अध्ययनले देखाएको छ । त्यस्तै नेपालमा एकै दिनमा १ सय २५ जना मानिसहरु दृस्टिबिहिन हुन्छ । सन २०१९ मा सम्पन्न भएको ¥याव सर्बेक्षणमा लुम्बिनी प्रदेशमा दृष्टिबिहिनताको ब्यापकता देखिएको छ ।

हाल लुम्बिनी प्रदेशमा सबै कारणले कुल १ लाख ९५ हजार १ सय २० जना सबै प्रकारका आँखाका बिरामीहरु रहेको छन । त्यस मध्ये मोतिबिन्दुका १ लाख १२ हजार ९ सय ६४ जना बिरामी रहेको नेपाल नेत्र ज्योति सघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज,राप्ती आँखा अस्पताल रक्षाचौरका बाहय कार्यक्रम सयोजक शालिकराम गौतमले बताए ।

उनका अनुसार दाङमा २४ हजार ९ सय १९ जना सबै प्रकारका आँखाका बिरामीहरु रहेका छन । त्यस मध्ये १४हजार ४ सय २७ जना मोतिबिन्दुका बिरामीहरु रहेका छन ।

बुधवार राप्ती आँखा अस्पताल रक्षाचौरको आयोजना तथा एनएबिपि नर्वेको आर्थिक सहयोगमा बबई गाउँपालिकामा आयोजित आँखा स्वास्थ्य शिक्षा र उज्यालो अभियानमा जनप्रतिनिधिको भुमिका बिषयक छलफल कार्यक्रममा गौतमले दृष्टिबिहिन बनाउने आँखाका प्रमुख रोगहरु मध्ये मोतिबिन्दु,दृष्टिदोष,जलबिन्दु,आखामा फुलो पर्ने,दृष्टि पर्धाका रोग,चिनी रोगहरु रहेको जानकारी दिए ।

उनका अनुसार बबई गाउँपालिकामा १०४४ जना सबै कारणले बिरामी रहेका छन भने त्यसमध्ये ६०४ जना मोतिबिन्दुका बिरामी छन ।

गाउँपालिकाको वडा नं. ५ मा सबै भन्दा बढी बिरामी छन । तथ्याङक् हेर्दा उक्त वडामा १९० जना सबै प्रकारका आँखाका बिरामीहरु रहेका छन । बबई गाउँपालिकामा बिगतको तुलनामा यसवर्ष आँखाका बिरामीहरुको सख्या बढ्दो क्रममा देखिएको छ ।

त्यस्तै उनका अनुसार बिस्तारै–बिस्तारै दृष्टि घटदै जानु,कहिलेकाही इन्द्रणी लागे जस्तो देख्नु आँखाको अगाडी कालो धब्बा लाग्नु नै आँखामा लाग्ने रोगहरुका लक्षणहरु हुन । दृष्टिदोष स्कुले बालबालिकामा बढी देखिने गर्छ ।

त्यस्तै जलबिन्दुका भने ७ लक्षणहरु हुन्छन,यसलाई सजिलै पत्ता लगाउन सकिँदैन,तर उपचार गर्न भने सकिन्छ । आँखालाइ स्वस्थ र तेजिलो बनाइ राख्न दिनँहु खानामा भिटामिन ‘ए’ युक्त खाना खाने,दिनमा कम्तिमा दुईपटक सफा पानीले मुख धुने,कडा प्रकाश तथा सुर्य ग्रहण कहिल्यै नहेर्ने आँखाको औषधी आफुखुसि बजारबाट किनेर तथा जडिबुटी आँखामा हाल्न नहुने संयोजक गौतमले बताए ।

त्यस्तै राप्ती आँखा अस्पतालले सन १९८६ देखि २०२१ सम्म ३१ लाख ७३ हजार बिरामीहरुलाई आँखाको सेवा प्रदान गरेको गौतमले बताए ।

त्यसमध्ये १ लाख ९९ हजारलाई शल्यक्रिया सेवा प्रदान गरिएको उनको भनाई छ । नेपाल नेत्र ज्योती संघले नेपालको ९०% बढी भागहरुमा आँखा उपचारको सेवालाई प्रदान गर्दै आएको जनाएको छ ।

नेत्र ज्योती सघ दाङका सहसचिब चिरञ्जीवी रिजालको अध्यक्षतामा भएको आँखा स्वास्थ्य शिक्षा र उज्यालो अभियानमा जनप्रतिनिधिको भुमिका बिषयक छलफल कार्यक्रममा बोल्दै बबई गाउपालिकाका प्रमुख कुल बहादुर खत्रीले राप्ती आँखा अस्पतालले आँखाको क्षेत्रमा गरेका कामहरुको प्रसंसा गरे ।

त्यस्तै उनले यस बर्ष मोतिबिन्दु शल्यक्रियाका लागि गाउँपालिकामा ३७ वटा कोटा छुट्टाएको भए पनि गाउँपालिकामा आयोजना गरिएको निशुल्क शिबिरमा भने ६०÷७० जना मोतिबिन्दुका बिरामी भेटिएको जानकारी दिए ।

‘पछिल्लो तथ्यांक हेर्दा गाउँपालिकामा आँखाका बिरामीहरुको संख्या उच्च देखिएको छ, उनले भने,तर यस बर्ष प्राबिधिक कारणले आँखा स्वास्थ्य कार्यक्रमका लागि थोरै बजेट बिनियोजन भएको हुनाले सबैले आँखा उपचारको पुहँचमा पु¥याउन नसकिएको हो ।’ तर उनले यस वर्षका लागि गाउँपालिका भित्र हेको मोतिबिन्दुका अन्य बिरामीहरुलाई राप्ती आँखा अस्पतालले उपचारमा सहयोग गर्न आग्रह गर्दै आगामी वर्ष देखि आवश्यक बजेट बिनियोजन गरि आँखा अस्पतालसगं समन्वय गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाए ।

त्यस अवसरमा गाउँपालिकाका प्रबक्ता एबम वडा न.७ का अध्यक्ष तिलकराम भण्डारी,वडा न. ३ का अध्यक्ष मानबहादुर केसी लगाएतले यहाँका नागरिकहरुलाई दृष्टिबाट बन्चित हुन नदिनका लागि आँखा अस्पतालसग समन्वय उज्यालो कार्यक्रममा सगंसगै हातेमालो गर्ने तर्क गरे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष चेतना चौधरी,बबई गाउपालिकाका उपाध्यक्ष बमकुमारी खडका,बबई गाउँपालिकाका ७ वटा वडाका वडाअध्यक्ष,सदस्यहरु र कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको सहजीकरण राप्ती आँखा अस्पतालका सुचना अधिकारी बालाराम खड्काले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *