काठमाडौं, मंसिर ६ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा नेता चुन्न मतदान भएको थियो ।
जसमा देउवा ६४ मत प्राप्त गरि पुनः संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।
उनको प्रतिष्पर्धी महामन्त्री गगन थापाले जम्मा २५ मत मात्रै प्राप्त गरे । देउवाले थापा भन्दा दोब्बर बढी मत प्राप्त गरि निर्वाचित भएका हुन ।
देउवाले थापा भन्दा ३९ मत बढी प्राप्त गरेका छन् ।
संसदीय दलको नेता चुन्न पार्टीका सबै ८९ जना सांसदले मतदान गरेका थिए।