तुलसीपुर, पुस १ । आँखा अस्पतालको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ , आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत ९राप्ती आँखा अस्पताल, छन्द ९कालेबाबु० नारायणी आँखा अस्पताल ,लमही आँखा अस्पतालको सामाजिक परिक्षण गरिएको हो ।
नेपाल नेत्रज्योति संघ दाङका का।वा सभापति रेशमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा आँखा अस्पतालले हाल सम्म दिएका सेवाहरु , हाल प्रवाह गरेका सेवाहरु तथा भावि योजना र रणतिहरुको बारेमा प्रमुख प्रशासक सम्शेर थापाले जानकारी गराएका थिए ।
थापाले नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित अस्पतालहरुले दिदै आएका विशेषज्ञ सेवाहरुका प्रकार र गतिविधिहरु को पारेमा सेवाग्राहीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागीहरुले अस्पतालमा दिने सेवाहरुको वारेमा प्रचार हुनुपर्ने , आँखाको जाँच निःशुल्क, अशाय गरिव, दुखि लाई निःशुल्क उपचार सेवाको व्यवस्था धेरै बेर पालो कुर्नु पर्ने अवस्था अन्त्य गर्नु पर्ने क्यान्टीन इन्टरनेटको राम्रो सुविधा का साथै गुणस्तरी उपचार सेवा दिनुपर्ने सुझाव दिएका थिए ।
तिन वटै आँखा अस्पतालमा करिव ३ सय सेवाग्राही संग लिएको सर्वेक्षणले विभिन्न सुझावहरु दिएको सो अवसरमा प्रमुख प्रशासक सम्शेर थापाले जानकारी गराएका थिए । उनले आएका सुझवाहरुलाई आत्मसाथ गरि सुधार गर्ने बताए ।
कार्यक्रममा नेपालमा विगत ४४ बर्ष देखि नेपाल सरकारको नीति र राष्ट्रिय कार्यक्रममा सघाउ पु¥याउने गरी स्वदेशमै बिभिन्न प्रकारका आंखा उपचारको सुविधा यथाशक्य सुलभ गराउने, नेत्ररोगबाट बचाउ गर्ने र उपचारबाट ठीक नभएका न्यूनदृष्टि तथा दृष्टिविहीनहरुलाई पुनःस्थापनसमेत गर्ने उद्देश्यले नेपाल नेत्रज्योति संघको स्थापना वि.सं २०३५ सालमा स्थापना भएको कार्यवहाक सभापति खड्काले जानकारी दिएका थिए ।
उनले २०६९ साल देखि आंखा स्वास्थ्य सेवाका साथ साथै कान उपचारको सेवा समेत प्रदान गर्दे आई रहेको र नेपाल सरकारको पव्लिक प्राईवेट पार्टनरसिप अन्र्तगत आंखा स्वास्थ्य सेवा प्रदान गर्दे आई रहेको भन्दै नेपालको ९० प्रतिशत भन्दा बढी भागहरुमा आंखा उपचारको सेवालाई संघ अन्तर्गतको आंखा अस्पतालहरु, उपचार केन्द्रहरु मार्फत सेवा प्रदान गर्दे आएको बताए ।
कार्यक्रममा संघका सचिव सुरेन्द्रबहादुर खड्काले तीन वटै आँखा अस्पतालहरु र उपचार केन्द्रहरुले लुम्बिनी प्रदेश अन्तर्गतको जिल्लाहरु कपिलबस्तु, दाङ, रोल्पा, प्यूठान, पुर्वि रुकुम र कर्णाली प्रदेश अन्तर्गतको जिल्लाहरु सल्यान, पश्चिम रुकुममा आँखा उपचार सेवा, निःशुल्क आँखा शिविर, आँखा स्वास्थ्य तालिम, विद्यालय आँखा जाँच तथा स्वास्थ्य शिक्षा कार्यक्रम सेवाहरु संचालन गर्दे आई रहेको बताए ।
कार्यक्रममा उनले आफुहरुको परिकल्पना गुणस्तरीय आँखा उपचारको सेवाको माध्यमबाट दृष्टिविहिनाताको व्यापक्तालाई न्यूनीकरण गर्ने र व्यक्ति तथा समाजको जीवनस्तर लाई माथी उठाउनमा सहयोग पु¥याउनुका साथै आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जलाई अध्ययन प्रतिष्ठानको रुपमा विकास गर्ने रहेको बताए ।
अस्पतालमा अहिले विशिष्टकृत डाक्टरहरुद्धारा विशेषज्ञ सेवा आँखाको पर्दा आँखाको नानी,अकुलोप्लाष्टिक ९बाल आँखा रोग ० सम्वन्धी विशेषज्ञ डाक्टरद्धारा उपचार तथा शल्यक्रिया सेवाहरु सञ्चालन आएको बताएको थियो ।
सार्वजनिक परिक्षणमा महाराजगञ्ज नगरपालिकका उप्रमुख रिताकुमारी कुर्मी कृष्णनगर नगरपालिका वडा नं। ९ का वडाध्यक्ष सतिसकुमार निगम
पत्रकार सनिउल्ला धोवबी, समाज सेवि रहिस शाह , सतिस मिश्रलगायतले विभिन्न सुझाव तथा प्रश्नहरु गरका थिए ।
सामाजिक परिक्षणमा उठेका किल्नीकल जिज्ञासाहरुको वारेमा चिफ मेडिकल डाइरेक्टर डा सुलक्ष्मी कटुवाल र प्रमुख प्रशासक सम्शेर थापाले जवाफ दिएका थिए ।
सामाजिक परिक्षणको सहजकर्ता पत्रकार लिला शाह रहेकी थिइन्
।