२०८१ बैशाख १२ गते बुधवार

हिंसा पिडितको सहारा बन्दै आँखा अस्पताल

‘३ वर्षमा ५० जनाले सेवा लिए’

तुलसीपुर,मंसिर २० । नेपाल नेत्र ज्योती सघं,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज,राप्ती आँखा अस्पताल रक्षाचौर हिंसा प्रभावितहरुको साहारा बन्दै गएको छ ।

लैगिंकमा आधारित हिंसा रोकथामका लागि सचेतना दिने मुख्य उद्देश्यले अस्पतालले विगत ३ वर्ष देखि लैगिंक हिंसा न्युनीकरण अभियानका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । अस्पतालले यो कार्यक्रम सुरु गरेसगै विभिन्न कारणले हिंसामा परि आँखामा चोट-पटक लागेर व्यक्तीहरु पुग्ने गरेका छन ।

ति व्यक्तीहरुको अस्पतालले सहज तरिकाले उपचार गर्दै आएको जनाएको छ । राप्ती आँखा अस्पतालमा हालसम्मको तथ्याङ्क हेर्दा घरेलु हिंसामा परि आँखामा चोट लागेका ५० जना हिंसा पिडित व्यक्तीहरुले अस्पतालबाट सेवा लिएका छन ।

जस अनुसार आर्थिक वर्ष २०७६/०७७ मा २० जना,०७७/०७८ मा १७ जना हिंसा पिडितले सेवा लिएको अस्पतालका सुचना अधिकारी बालाराम खड्काले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा वितेको आर्थिक वर्ष ०७८/७९ मा १३ जना हिंसा पिडितहरुले सेवा लिएका छन । जसमा श्रीमानबाट पीडित भएका १० जना,नन्द पिडित १ जना,सासुबाट पिडित १ जना र आफन्तबाट पिडित भएका १ जना गरि १३ जना पिडितहरु रहेका छन ।

उनीहरुले श्रीमान,श्रीमति वा घरपरिवार,आफन्तिको कुटपिटमा परी आँखामा चोटपटक लागेर पिडित भएपनि चोटको अन्य कारणहरु बताउने,बाहाना गर्ने र अन्त्यमा चिकित्सकहरुको गहिरो परामर्श पश्चात मात्रै आफ्नो पिडाहरु खुलाउने गरेको क्रोनिया रोग विषेशज्ञ डा. ज्योती सापकोटाले बताइन ।

लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा अस्पतालले आयोजना गरेको लैगिंकमा आधारित हिंसा रोकथाम तथा उत्तरदायित्व सम्बन्धि समन्वय बैठकमा बोल्ने बक्ताहरुले महिला हिंसा न्युनीकरणको सवालमा अस्पतालले खेलेको भुमिका अत्यन्त सराहनीय भएको भन्दै यस कार्यमा सदैव सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनीहरुले हिंसा प्रभावित महिलाहरुको सवालमा सरोकारवालाहरु सबै गम्भिर रुपमा लाग्न सके मात्रै अपेक्षाकृति रुपमा हिंसाको न्युनीकरण गर्न सफल हुने बताएका थिए ।

राप्ती आँखा अस्पतालका प्रशासनिक समितिका संयोजक चिरञ्जीवी रिजालको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले हिंसा रहित समाज निर्माणका लागि सबै सरोकारवाला गम्भिर हुनुपर्ने बताइन ।

उनले तुलसीपुर उपमहानगरपालिकाले अस्पतालसगं सहकार्य गरेर विगतका वर्षहरुबाट सुरु गरेको उज्यालो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन ।

त्यस अवसरमा नेपाल नेत्र ज्योती सघं दाङका सचिब सुरेन्द्र बहादुर खडकाले अस्पतालले हिंसामा परेका पीडितको कानुनी उपचार र पुनःस्थापनामा पनि सघाउने गरेको बताए ।

अस्पतालमा प्रायः घरेलु हिंसाबाट पिडित भएका व्यक्तीहरु आउने गरेको बताउँदै उनले जटिल अवस्थामा उनीहरुलाई कानुनी परामर्शको व्यवस्था गरि विभिन्न सेवाहरु दिने गरेको तर्क गरे ।

कार्यक्रममा राष्ट्रिय अपागं महासघं लुम्बिनी प्रदेश उपाध्यक्ष देवा डाँगी,ओरेक दाङका संयोजक इश्वरी थापा,महिला मानव अधिकार रक्षक संजाल दाङका सचिब पद्यमा चौधरी,तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका शाखा प्रमुख माया श्रेष्ठ, तुलसीपुर उपमहानगरपालिका न्यायीक समिति सदस्य देबि पोख्रेल ,इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायक निरीक्षक जानुका श्रेष्ठ लगाएतले अस्पतालमा आउने हिंसा पिडितहरुको सम्बोधनका मनोबिमर्श कर्ताको व्यवस्था गर्न सकेमा सेवामा थप सहज हुने बताए ।

उक्त कार्यक्रममा अस्पतालका प्रसासक किरण पौडेलले कार्यक्रमबारे जानकारी गराएका थिए ।

साथै जिल्लाका आर्थिक वर्षको तथ्याङ्क हेर्दा प्रहरीमा ११८,तुलसीपुर न्यायीक समितिमा ३४ र ओरेकमा १५३ वटा हिंसाका घटनाहरु रहेको तथ्याङ छ । ति मध्ये घरेलु र सामाजिक हिंसाका पिडितहरु धेरै रहेको पाइएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *