काठमाडौं ,मंसिर १८ । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसर देशभर परीक्षण गरिएका ४ सय ५४ नमूनामध्ये ६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
कोरोनाका कारण गत २४ घण्टामा पनि कसैको मृत्यु भएको छैन । आइतबार थप १९ संक्रमित डिस्चार्ज भएका छन् ।
हाल नेपालमा १ सय ८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर १८ गते आइतवार