२०७९ मङ्सिर १६ गते शुक्रवार

मधुमेह दिवसमा निःशुल्क सुगर परिक्षण


तुलसीपुर, कात्तिक २८ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत संचालित राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगन्जमा बिश्व मधुमेह दिवस मनाएको छ ।

अस्पतालले विभिन्न कार्यक्रम गरि दिवस मनाएको हो । कार्यक्रममा सहभागीहरुले पछिल्लो समय विश्वभर बढ्दो संख्यामा रहेको यो रोग नेपालमा तिब्र रुपमा बृद्धि भइरहेको भन्दै सजक हुनुपर्ने बताएका थिए ।

मानिसहरुले खानाको मात्रा मिलाएर नखाने, खाना खाएपछि टेवुलमा बसेर गर्ने काम गर्नाले र नियमित व्यायम नगर्ने जीवनशैली र आपसी प्रतिस्पर्धाको पछि लागेर संधै तनाव सहितको जीवन जिउनाले यो रोग बढिरहेको बताएको थियो ।

मधुमेहबाट आँखामा पनि विभिन्न समस्याहरु हुने रेटिना रोग विशेषज्ञ डा. सन्तोष सुवदीले बताए ।

उनका अनुसार आँखाको पर्दामा रगत जम्ने, पर्दामा नयाँ नशा पलाउने, नशा सुक्ने, पर्दा सुन्निने तथा च्यातिने, आँखाको नशाको पक्षघात हुने र मोतिविन्दु तथा जलविन्दु हुने सम्भावना रहेको बताए ।

मधुमेह भएका ब्यक्तिले ६ ÷६ महिनामा आँखाको दृष्टि पर्दाको जाँच गराउनको सल्लाह छ । कार्यक्रममा नेत्र विशेषज्ञ डाक्टर इप्सा भण्डारी, शिलु थापालगायतले सुगर रोग,यसका लक्षण चिन्ह,यसले शरीर र आँखामा पर्ने असरको बारेमा सहभागीहरुलाइ जानकारी गराएका थिए ।

कार्यक्रममा आँखा अस्पताल व्यवस्थाप समितिका अध्यक्ष कृष्णकुमार गिरी, नेपाल नेत्रज्योति संघका उपसभापति रेशमबहादुर खड्का, सचिव सुरेन्द्रबहादुर खड्का, लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक घनस्याम सुवेदी, राप्ती आँखा अस्पताल प्रशासनिक समितिका संयोजक चिरञ्जीवि रिजाल, प्रमुख प्रशासक किरण पौडेल, नेत्रविशेषज्ञ डा ज्योति सापकोटा, नेत्रविशेषज्ञ डा निता सुनाम लगायतको सहभागीता रहेको थियो । सो अवसरमा तिनवटै अस्पतालहरुले सुगरको चेकजाँच निःशुल्क गरेका थिए ।

छन्द कालोबाबु नारायणी आँखा अस्पतालमा १५३ जनाको सुगर जाँच गरिएको प्रशासकिय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए ।

त्यस्तै राप्ती आँखा अस्पताल, लमही आँखा अस्पतालमा पनि निःशुल्क रगतको परिक्षण गरिएको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published.