२०७९ मङ्सिर १६ गते शुक्रवार

नेपालमा थप ९ जनामा कोरोना पुष्टि

काठमाण्डौ,कात्तिक २८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेको छ।

सोमबार २३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४९९ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर ६७२ पीसीआर तथा ७५३ एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित मिति : २०७९ कार्तिक २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published.