२०८१ असार २९ गते शुक्रवार

नेपालमा थप ४६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ७३६

काठमाण्डौ,कात्तिक १ । थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट १५१० नमूना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८३५ र एन्टिजेनबाट ६७५ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४२ र एन्टिजेनबाट ४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप १७ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ७३६ पुगेको छ।

प्रकाशित मिति : २०७९ कार्तिक १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *