दाङ, असोज २९ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुनैवेला बार्षिकोत्सव मनाउनका लागि प्रमुख अतिथि बहिस्कार गर्नेहरुका बिच पाचौं बार्षिकोत्सव उनीहरुकै समुपस्थीतिमा स्वास्थ्य सचिवको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
पहिलेकै परम्परा अनुसार विविध खेलकुद र केहि मनोरन्जनात्मक कार्यक्रम सहित यो बर्षको थप आकर्षण रात्रि भोज पनि थियो ।
बार्षिकोत्सवका अवसरमा प्रतिष्ठानले दिएको तथ्यांकले अस्पतालको स्वास्थ्य सेवा निकै सुदृढिकरण भएको छ ।
तात्कालिन महेन्द्र अस्पताल र अहिलेको प्रतिष्ठानको स्वास्थ्य सेवालाइ तुलना गर्न असम्भव छ । किनकि भिडियो एक्सरे समेत सहज उपलव्ध नहुने अस्पतालमा अहिले विशेषज्ञ स्वास्थ्य सेवा, आधुनिक प्रयोगशाला, अत्याधुनिक उपकरण सहितका शल्य क्रिया कक्ष, आइसियु, एनआइसियु, पिआइसियु, जियोरेटिक वाड, हेमो डायलायसिस, पोषण पुर्नस्र्थापन गृह, आमा सुरक्षा कार्यक्रम, सिटि स्क्यान लगायतका सेवा सन्चालनमा आइरहंदा तीन सय वेडको अस्पताल भरीभराउ छ ।
ओपिडि र आइपिडिको तथ्यांकले पनि अस्पतालभरीभराउ भएको देखाउंछ । तर पाचौ बर्ष पुरा गर्दा पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मुर्त रुप लिन सकेको छैन । ताकि प्रतिष्ठानमा एउटा पनिशैक्षिक कार्यक्रम सन्चालन हुन सकेको छैन ।
प्रतिष्ठानको वार्षिकोत्सवमा स्वास्थ्य मन्त्रालयका उच्च अहोदाका कर्मचारी अर्थात स्वास्थ्य सचिव आएको सायद यो पहिलो बार्षिकोत्सव हो ।
यस अघि बार्षिकोत्सव कस्तो परीवेशमा भएका थिए भन्ने यहांका आम राजनितिक दल, नागरीक समाज, उद्योगी व्यवसायी एवं सांसदहरुलाइ पनि जगजाहेर नै छ ।
शनिबार आयोजना गरिएको प्रतिष्ठानको वार्षिकोत्सवमा स्वास्थ्य सचिव मात्र होइन, प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ तथा संघिय स्वास्थ्य मन्त्रालयका अन्य पदाधिकारीहरु तथा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिवको समेत उपस्थिति थियो ।
घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाका प्रमुखको पनि समुपस्थीति थियो ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, स्वास्य कार्यालयका प्रमुख तथा सेना प्रमुख र डिभिजन वन कार्यालय लगायत विभिन्न अस्पतालका मेसु तथा निर्देशकहरुको पनि उपस्थिति थियो ।
यी सवैको उपस्थितमा स्वास्थ्य सचिव तथा प्रमुख अतिथि रोशन पोख्रेलले आफुले अस्पतालको अनुगमन गर्दा अस्पतालको ओपिडि र आइपिडि पुरै भरीभराउ रहेको र तीन सय वेडको अस्पतालमा अव जुनसुकै शैक्षिक कार्यक्रम सन्चालन गर्न सकिने अभिव्यक्ति दिए ।
‘अस्पतालको सवै कक्षको निरिक्षण गर्यौ, हामीले सोचेजस्तो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्वाधारमा कमजोर रहेनछ, अव शैक्षिक कार्यक्रम सन्चालनकालागी हामी सवैले सहकार्य गरी अघि बढ्नु पर्ने छ’, स्वास्थ्य सचिवले यो मात्र बोलेनन्, हामीले सवै प्रतिष्ठानलाइ समान दृष्टिले हेर्ने छौं ।
स्वास्थ्य सचिव ज्यु,
तपाइले अहिले देखेका पुर्वाधार राष्ट्रिय चिकित्सा शिक्षा आयोगले किन देखेन । तपाइले भनेजस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ मुर्त रुप दिन शैक्षिक कार्यक्रम सन्चालनको स्वीकृति चिकित्सा शिक्षा आयोगले दिनुपर्ने होइन र? किन आयोगले पुर्वाधार कण्डिश्नल भन्यो? तपाइले आयोगलाइ पनि जानकारी लिनु होला भन्ने प्रतिष्ठानको पाचौं बार्षिकोत्सवको सन्देश पनि हो ।
स्वास्थ्य सचिवज्यु, तपाइकै भनाइमा धरान र पोखरा जस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ पनि सरकारले समान दृष्टिले हेरेको छ । खोइ एक बर्ष अघि शैक्षिक कार्यक्रम सन्चालनको तयारीमा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रमको स्वीकृति दिएको ।
विएससी नर्सिङ र विएनको शैक्षिक कार्यक्रमकालागी जेजे पुर्वाधार चाहिन्छ, अव आयोगले मात्र होइन, तपाइले पनि स्पष्ट देखिसक्नु भएको छ । सारा सन्चार जगतले हेरेका छन् ।
यो भन्दा कमजोर भौतिक पुर्वाधार भएका मुलुकका विभिन्न निजि संस्थाहरुलाइ आयोगले विएससी नर्सिङ र विएनकालागी स्वीकृति पनि दिएको सन्दर्भमा विभिन्न चोकचौतारामा छलफल चलिरहेका छन् । तर आयोगको अनुगमनको नैतिक दायित्व किन पुरा हुन सकेन ।
राजनेताहरुले भाषण गर्छन, काम गर्ने भनेको व्यरोक्रेशीले हो । तपाइ स्वास्थ्य मन्त्रालयको व्युरोक्रेसीको नेतृत्वमा हुनुहुन्छ । कार्यक्रमको सुरुवातमै प्रमुख अतिथिको मन्तव्य दिएर जति हतारोमा विदा मागेर मन्त्रालयको टिम सहित काठमाण्डौ जानु भएको छ, त्यतिनै हतारो गरी दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एउटा भए पनि शैक्षिक कार्यक्रमको स्वीकृती प्रदान गर्न लागी पर्नु होला, आम दंगालिहरुको तपाइ प्रतिको अपेक्षा यहि हो ।
तपाइ स्वास्थ्य क्षेत्रको विज्ञ पनि हुनुहुन्छ । डा गोविन्द केसीको आमरण अनसन सहितको मर्मलाइ पनि सम्वोधन गरीदिनु होला, नेपाल सरकारको एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठानको नितिलाइ पनि आत्मसात गरीदिनु होला । त्यसकालागी अस्पताल सुधार भएर मात्र पुग्दैन । हो अस्पतालमा अझै पनि न्युरो र कार्डियोको विशेषज्ञ सेवा नितान्त आवस्यक छ, त्यसलाइ पुरा गर्न स्वास्थ्य मन्त्रालय पनि सहकार्य गर्न र सहयोग गर्न तयार छ भन्नु भयो, यसमा तपाइ धन्यवादको पात्र हुनुहुन्छ । तर तपाइकै भाषामा जवसम्म प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरु हुन्न, तव सम्म प्रतिष्ठान हुनुको अर्थ हुंदैन । हो तपाइले बोलेकै भाषालाइ व्यवहारमा लागु गर्न स्वास्थ्य मन्त्रालय, राष्ट्रिय चिकित्सा शिक्षा आयोग र प्रतिष्ठान व्यवस्थापनको सहकार्य हुनुपर्ने होइन र? सचिवज्यु, तपाइ फेरी दाङ आउनुभो भने शैक्षिक कार्यक्रमको सुभारम्भ गर्ने गरी आउनु होला ।
त्यसो त प्रतिष्ठानको पाचौ बार्षिकोत्सवमा अवसरमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, लमही नगरपालिकाका मेयर जोगराज चौधरी लगायतले बार्षिकोत्सवको सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अस्पतालका सिनेट सदस्य एवं जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा विशेष कारणबस उपस्थीत हुन नसकेकाले लिखित सुभकामना मन्तव्य दिएको आयोजकले उद्घोया गरेका थिए ।
सो अवसरमा अस्पतालका निर्देशक डा. प्रज्ञा बस्नेतले अस्पतालले दिइरहेका सेवा सुविधाका विषयमा जानकारी गराउदै अतिथिहरुलाइ स्वागत गरेकि थिइन ।
सो अवसरमा बार्षिकोत्सवका अवसरमा प्रतिष्ठानले आयोजना गरेका विभिन्न खेलकुद एवं मनोरन्जनात्मक प्रतियोगिताका सहभागिहरुलाइ धन्यवाद सहित विजयीहरुलाइ पुरस्कार र सम्मान पत्र दिइएको थियो ।
कार्यक्रमको सहजीकरण प्रतिष्ठानका डा वम डिसी र डा विभुती शर्माले गरेका थिए । बार्षिकोत्सव समारोहमा विविध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।
