२०७९ मङ्सिर १६ गते शुक्रवार

बंगलाचुली गाउँपालिकाले पालिका भित्र बसोबास गर्ने स्थानीयको निशुल्क डेङ्गी परिक्षण गर्ने

कमिरेचौर,असोज ११ । दाङको बंगलाचुली गाउँपालिकाले आफ्नो पालिकामा बसोबास गर्ने स्थानीयको निशुल्क डेङ्गी परिक्षण गर्ने भएको छ ।

बंगलाचुली गाउँपालिका भित्र डेङ्गी संक्रमितको लक्ष्यण भएका विरामिहरुलाई निशुल्क परिक्षणको व्यवस्था गरेको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनले जानकारी दिए ।

बंगलाचुली गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले नै गाउँपलिकाको ८ वटै वडामा बसोबास गर्ने स्थानियहरुका लागि निशुल्क डेङ्गी परिक्षण गर्ने निर्णय गरेको अध्यक्ष पुनले जानकारी दिए ।

अन्यत्र ठाउँमा डेङ्गी परिक्षणको मनोमानी तवरले शुल्क लिईरहेको खवर आउँदा बंगलाचुलीका निम्न आय भएका स्थानियलाई सहजतका लागि निशुल्क डेङ्गी परिक्षणको व्यवस्था गरेको उनले बताए ।

जनताको स्वाथ्यलाई ध्यानमा राख्दै स्थानिय सरकारले नागरिकलाई राज्यको अनुभव दिलाउन आफुहरुले यस्तो निर्णय गरेको अध्यक्ष पुनले जानकारी दिए ।

बंगलाचुली गाउँपालिकालको वडा नम्वर ३ को कमिरेचौरमा रहेको बंगलाचुली अस्पताल, वडा नम्वर एकमा रहेको प्राथमिक स्वास्थ्यचौकी स्यूजा,वडा नम्वर ५ मा रहेको लोहारपानी स्वास्थ्य चौकी र वडा नम्वर ८ मा रहेको हाँसीपुर स्वास्थ्य चौकीबाट निशुल्क डेङ्गी परिक्षण गरिने व्यवस्था मिलाईएको छ ।

लगातार ज्वरो आउने, वाकवाकी लाग्ने, वान्ता आउने, शरिरमा थकान महसुस हुने व्यक्तिहरुले यी स्थानहरुमा गएर डेङ्गी परिक्षण गराउन गाउँपालिका स्वास्थ्य शाखाले सबैलाई अनुरोध गरेको छ ।

यस्ता लक्षण भएका विरामिहरुले समयमै स्वास्थ्य संस्थामा पुगेर सेवालिन भनिएको छ ।

प्रकाशित मिति : २०७९ असोज ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published.