तुलसीपुर,असोज ७ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले वार्षिक प्रगती समिक्षा कार्यक्रम गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक समिक्षा गरेको हो ।
कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले राप्ती प्रादेशिक अस्पताल रिफर सेन्टर मात्रै हो भन्ने आम नागरिकको बुझाईलाई चिर्न जरुरी रहेको बताए ।
पछिल्लो समय तुलसीपुरमा डायलासिसका बिरामी अत्याधिक बढदो क्रममा रहेको बताउँदै खड्काले यो सेवालाई अस्पतालबाट प्रभावकारी ढगंले सञ्चालन गर्न सकेमा ठुलो उपलब्धी हासिल हुने बताए ।
‘डायलासिसको समस्या अत्याधिक मात्रामा छ,खड्काले भने,दैनिक रुपमा जिल्ला बाहिर जाने बिरामीको संख्या पनि बढदो छ,यसको उपचार तुलसीपुरबाट प्रभावकारी ढगंले सञ्चालन गर्न सकेमा ठुलो उपलब्धी हासिल हुनेछ ।’ उनले दाङमा यो वर्ष डेंगी रोगका बिरामीहरु बढेको बताउँदै अस्पतालले डेंगुरोग नियन्त्रणका लागि योजना बनाए उपमहानगरपालिकाले सहयोग गर्ने उनले बताए । अस्पतालको विकासका लागि सबै सरोकारवाला गम्भिर र जिम्मेवार भएर लाग्नुपर्ने खडकाले बताए ।
कार्यक्रममा अस्पतालका मेसु डा. ओम प्रसाद अर्यालले अस्पतालले वार्षिक रुपमा गरेका गतिविधीहरुको बारेमा जानकारी गराए । उनले गत आर्थिक वर्षमा अस्पतालले ८४ प्रतिशत अंक प्राप्त गरेको जानकारी दिए ।
अस्पतालले गत आर्थिक वर्ष २०७७/७८ मा ७१ प्रतिशत, २०७६/७७ मा ६७ प्रतिशत, २०७५/७६ मा ४३ प्रतिशत अंक प्राप्त गरेको थियो । उनले अस्पतालमा मानसिक रोग विशेषगज्ञको अझ धेरै आवश्यकता रहेको बताए । अर्यालका अनुसार अस्पतालमा सबै भन्दा धेरै ग्यास्टिक रोगका बिरामीहरुले सेवा लिने गरेको तथ्याङक छ ।
अस्पतालमा अहिले २७ जना बिरामीहरुले डाईलोसिस गरेको लिईरहेका छन् । वर्षेनी बिरामीको सख्या बढ्दो क्रममा रहेपनि जनशक्ती अभावका कारण गुणस्तरीय सेवा प्रदान गर्न कठिनाई भैरहेको अर्यालले बताए ।
‘ हामीलाई काम गर्दा समस्या समस्यै छन,डा.अर्यालले भने,तर पनि बिरामीलाई गुणस्तरीय सेवा दिन लागिपरेका छौँ ।’ उनले स्वास्थ्य सेवालाई बढाउन जनशक्तीको लागि पटक–पटक मन्त्रालयमा माग गरेको भएपनि अहिलेसम्म पनि जनशक्ती प्राप्त नभएको बताए । उक्त कार्यक्रमको सहजीकरण अस्पतालका नायब सुब्बा रेश्मी अधिकारीले गरेका थिए ।