२०८० चैत्र १५ गते बिहिवार

थप ५९ जनामा कोरोना संक्रमण

काठमाडौँ,असोज २ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १६ पुगेको छ।

आइतबार १६१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार ८३० जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर १ हजार ७५३ पीसीआर तथा १ हजार १२९ एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *