२०८१ बैशाख २२ गते शनिवार

घोराहीमा डेंगुबाट एक महिलाको मृत्यु

घोराही, भदौ २७ । दाङमा डेंगु संक्रमित एक जना महिलाको मृत्यु भएको छ ।


घोराही उपमहानगरपालिका वडा नं। १४ निबासी ४० बर्षीया मायाकुमारी बिसीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
बिसी भर्ना भएको करिब दुई घन्टा भित्रै बिहान १० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए ।

डेंगु संक्रमित बिसी सोमबार बिहान करिब ८ बजेतिर उपचारका लागि प्रतिष्ठानमा भर्ना भएकी थिइन ।


ल्याब टेष्ट गर्दा बिसीलाई डेंगु पोजेटिभ देखिएको थियो । पछिल्लो समय जिल्लामा डेंगु संक्रमितको संख्या बढ्दै गएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *