२०८२ असार ६ गते शनिवार

रुकुमको चौरजहारी नगरपालिकामा’कल सेन्टर’स्थापना

रुकुम,भदौ १७ । नगरवासीलाई आपतकालीन सेवाको लागि रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सम्पर्क केन्द्र ९कल सेन्टर० स्थापना गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाबाट सञ्चालन भएका एम्बुलेन्स तथा अन्य आपतकालीन सेवाको सहजता र प्रभावकारीताको लागि कल सेन्टर स्थापना गरेको जनाएको छ ।

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले एम्बुलेन्स सेवा तथा अन्य आपतकालीन सेवाको व्यवस्थित र सहज पुहँच स्थापनाको लागि कल सेन्टर स्थापना गरिएको बताए ।

उनका अनुसार यस सेवाको लागि सर्वसाधारणले ९८५८०६७२११ मोबाइल नम्बरमा २४ सै घण्टा सम्पर्क गर्न सक्नेछन् ।

नगर प्रमुख पुष्प बादीले यस कार्यले सर्वसाधारणलाई आपतको बेलामा स्थानीय सरकारले साथ दिन सक्ने विश्वास लिएको बताए ।

बिरामी अथवा कुनै आपत विपदको बेलामा नगरवासीले स्थानीय सरकारलाई जानकारी गराउन समेत नगरप्रमुमख बादीले अनुरोध गरे ।

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *