२०८१ फाल्गुन ६ गते मङ्गलवार

प्रतिष्ठानमा एमआरआई सेवा सुरु हुने

घोराही,भदौ १३ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई सेवा सुरु हुने भएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले अवको १५ दिनमा एमआरआइ सेवा सञ्चालनमा आउने जानकारी दिए ।

प्रतिष्ठानका वायोमेडिकल इन्जिनियर शरद भण्डारीले केही दिन भित्रै अनलाईनको माध्यम र प्रत्यक्ष अस्पतालमा हुने तालिमपछि प्रतिष्ठानमा औपचारीकरुपमा सो सेवा प्रारम्भ गर्न सकिने बताए ।

करिब ३ महिला लगाएर एमआरआर्इ सेटअप गरिएको र एमआरआई जडानको काम सम्पुर्ण रुपमा अन्तिम चरणमा पुगिसकेको रजिष्ट्रार थापाले बताए ।

एमआरआई सेवाका लिनका लागि दाङ र यस आसपासका सर्वसाधारणलाई यसअघि बुटवल, नेपालगञ्ज, काठमाण्डौ जानुपर्ने वाध्यता अव प्रतिष्ठानमा एमआरआई सेवा सुरु भएसंगै अन्त्य हुनेछ ।

प्रतिष्ठानमा अत्याधुनिक उपकरण थपिएसंगै पछिल्लो पटक सिटिस्क्यान मेसिन चालु अवस्थामै रहेको र अव एमआरआई सेवा सञ्चालनमा आए विरामिको रोगको डाइग्नोसिस गरेर उपचार गर्न सहज हुने प्रतिष्ठानका सुचना अधिकारी निशान दाजु भट्टराइले जानकारी दिए ।

एमआरआई सेवा सञ्चालनमा आएमा दाङको स्वास्थ्य क्षेत्रको विकासमा महत्पुर्ण टेवा पुग्ने जिल्लाका सरोकारवालाले बताएका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *