२०८२ जेष्ठ ११ गते शुक्रवार

थप ३ सय २४ जनाका कोरोना पुष्टि

काठमाडौं,भदौ १० । पछिल्लो २४ घण्टामा तीन सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी तीन हजार पाँच सय १५ जनाको नमुना परीक्षण गर्दा तीन सय २४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । यही अवधिमा चार सय १८ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

अहिले नेपालमा तीन हजार नौ सय ४३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १५ हजार नौ सय ३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *