२०८१ असार २९ गते शुक्रवार

थप ४ सय ८७ जनामा कोरोना सङ्क्रमण

काठमाण्डौ,भदौ ८ । पछिल्लो २४ घण्टामा चार सय ८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार एक सय ७७ जनाको नमुना परीक्षण गर्दा चार सय ८७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । थप एक सय ६४ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा चार हजार दुई सय ९८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा ३९ हजार चार सय ४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *