तुलसीपुर,भदौ ७ । तुलसीपुरस्थित तुलसी बाल हस्पिटलमा जन्मजात मलद्धार नभएकी सिशुको सफल सल्यक्रिया भएको छ ।
सल्यानको शारदा नगरपालिका वडा नं. ६ केदरीकी चुडामणि शर्माकी पाँच महिनाकी छोरी संबृद्धी शर्माको सफल सल्यक्रिया भएको हो ।
अस्पतालका सञ्चालक तथा बरिष्ठ बालरोग बिशेषज्ञ डा. किशोर खत्रीका अनुसार संबृद्धीको जन्मजात नै मलद्धारको विकाश नभएको हुँदा उनले दिसा र पिशाब योनीबाट गर्दै आएकी थिइन । अभिभावकले संबृद्धीलाई साउन ३१ गते तुलसीपुरस्थित तुलसी हस्पिटलमा ल्याएका थिए ।
ठूलो आन्द्राको विकाश राम्रो संग नभएका कारण संबृद्धीमा त्यस्तो समस्या उत्पन्न भएको र उनी एक बर्ष पुगेपछि र आन्द्राको केही विकाश भएपछि अप्रेसन गरि मलद्धार निर्माण गर्न प्रयास गरिने डा. खत्रीले योजना सुनाए । ती सिशुको सल्यक्रिया गरि पेटबाट दिशा गर्ने प्वाँल (क्लोस्टोमी) बनाइएको डा. खत्रीले फरककोणलाई जानकारी दिए ।
संबृद्धी एक बर्षको पुगेपछि पेटको प्वाँल बन्द गरि दिशा गर्नका लागि छुट्टै प्वाँल सल्यक्रिया गरि निर्माण गर्न संभव हुने डा. खत्रीले बताए ।
संबृद्धीको सल्यक्रिया डा. खत्रीको निगरानीमा बरिष्ठ शल्य चिकित्सक डा. फिरोज आलम खान, एनेष्थेसियोलोजिष्ट डा. दीपिका सुबेदी, डा. मदन केसी, डा. सुरेश थापा, विएन रक्षा वली, गणेश वली लगाएतको टिमले भदौ १ गते गरेको थियो ।
बालिकाको श्वास्थ्य अवस्था सामान्ने रहेको र डिस्चार्ज भइ घर फर्किएको अस्पताल प्रशासनले जानकारी दिएको छ । आवश्यक पर्दा उनी नियमित फलोअपमा रहेको पनि जानकारी दिइएको छ ।
